Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विराटनगरमा टिपरको ठक्करले एकै परिवारका दुईको मृत्यु, आक्रोशित स्थानीयले टिपर जलाए

हाम्रो कोशी आवाज
फाल्गुन २१ २०७६, बुधबार
विराटनगरमा टिपरको ठक्करले एकै परिवारका दुईको मृत्यु, आक्रोशित स्थानीयले टिपर जलाए

धरानः विराटनगर–१९ मिलनचौकमा टिपरको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । पुष्पलालचौक–विराटचौक सडक खण्ड अन्तर्गत मिलनचौकमा मङ्गलबार राति साढे ९ बजेतिर भएको दुर्घटनामा परी दुईजनाको मृत्यु भएको हो ।
टिपरको ठक्करबाट विराटनगरमा एकै परिवारका दुईजनाको मृत्यु भएको हो । टिपरले अटोलाई ठक्कर दिँदा ४५ वर्षीय बाबुराम सरदार र उनकी नातिनी ६ वर्षीय सविता सरदारको मृत्यु भएको हो ।
को १ ख २९१७ नम्बरको टिपरले पूर्वतर्फ जाँदै गरेको प्रदेश १–००२ ह ८६०६ नम्बरको अटोलाई ठक्कर दिएको थियो । ठक्करबाट अटो चालक मोरङ ग्रामथान गाउँपालिका २ बस्ने बाबुराम र उनको नातिनी सविताको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।
दुईजनाको मृत्यु भएपछि आक्रोशित बनेका स्थानीय र आफन्तले टिपरमा आगजनी गरेका थिए । टिफर चालक जिल्ला सुनसरी रामधुनी नगरपालिका ५ का ३३ वर्षिय हरेराम चौधरीलाई नियन्त्रणमा लिएको छ । टिपरको ठक्करबाट दुई जनाको घटनास्थलमा मृत्यु भएपछि आक्रोशित भिडले टिपर आगजनी गरेको विराटनगर १९ का वडाअध्यक्ष बद्रीनारायण सरदारले जानकारी दिए ।

प्रकाशित मिति: फाल्गुन २१ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ९ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १३ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १३ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १६ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ
  • उदयपुरमा माइक्रो र ट्रक ठोक्किँदा १७ जना घाइते

    धरानः माइक्रोबस (हायस) र ट्रक एकआपसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका–७ अँधेरीस्थित सडक–खण्डमा ट्रक र यात्रुबाहक माइक्रो बस (हायस) एक–आपसमा...

    • २ दिन अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend