Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको औद्योगिक मेला तथा जुत्ता-चप्पल मेलाको अवस्था कस्तो छ ? (३३ फोटो)

हाम्रो कोशी आवाज
फाल्गुन २१ २०७६, बुधबार
धरानको औद्योगिक मेला तथा जुत्ता-चप्पल मेलाको अवस्था कस्तो छ ? (३३ फोटो)

धरानः धरानमा जारी औद्योगिक व्यापार मेला तथा जुत्ता–चप्पलको ७ औं दिन ग्राहकको भीड बढेको छ ।
दिउँसोपख उपभोक्ताहरू काममा लाग्ने भएकाले ३ बजेदेखि उपभोक्ता बढ्दै गएको मेला संयोजक शिवराज श्रेष्ठ बताउँछन् । ‘जुत्ता–चप्पलले गर्दा पनि अहिले मेलाले बजार लिँदै गएको छ ।’ उनले भने ।
विशेषतः औद्योगिक मेलामा अर्को आकर्षण थपिएको हो । औद्योगिक मेलासँगै पब्लिक हाइस्कुलको मैदानको पूर्वपट्टि छुट्टै जुत्ता–चप्पल मेला सञ्चालनमा छ । जुत्ता–चप्पलमा ६० प्रतिशतसम्म छुटको अफर राखिएकोले भीड बढेको फुट वेयर मेनिफ्याक्चरल एशोसिएसन नेपालका अध्यक्ष कृष्ण फुयाँलले जानकारी दिए ।
मेलामा नेपालमै उत्पादित विभिन्न मोडलका जुत्ता–चप्पल राखिएको छ । उनका अनुसार गोल्डस्टार, कोसेली, क्रस रोड, ल्याण्ड वाक, शिखर, हाइलाइफ, विएफडी आर हिललगायतका कम्पनीका जुत्ता–चप्पल राखिएका छन् ।
फोटोः हाम्रो कोशी आवाज डटकम 

प्रकाशित मिति: फाल्गुन २१ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend