Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

होलीले सुनसरीमा खसी-बोकाको बिक्री बढायो

हाम्रो कोशी आवाज
फाल्गुन २२ २०७६, बिहिबार
होलीले सुनसरीमा खसी-बोकाको बिक्री बढायो

सुनसरीः तराई–मधेश क्षेत्रमा हर्षोल्लासपूर्वक मनाउने होली पर्व आउनलाई केही दिन बाँकी रहेका बेला सुनसरीमा खसी-बोकाको कारोवार बढेको छ । सुनसरीका स्थानीय हाटबजारमा खसीबोका किन्ने र बिक्री गर्नेको चहलपहल बढेको पाइएको छ ।
सुनसरीमा लाग्ने बिहीबारे हाटिया, सोमबारे, मधुवन हाट तथा ग्रामीण क्षेत्रमा लाग्ने विभिन्न हाट बजारमा खसीबोका किन्ने र बिक्री गर्नेको सङ्ख्या बढ्दै गएको स्थानीय डुमरलाल मेहताले बताए ।
होली पर्वमा मासु खानका लागि स्थानीयले खसीबोका खरिद गर्ने भएकाले यसको बिक्री वितरणमा वृद्धि भएको स्थानीय व्यापारीले बताएका छन् । सुनसरी सदरमुकाम इनरुवामा लागेको बिहीबारे हाटमा मात्रै एक दिनमा एक हजारभन्दा बढीको सङ्ख्यामा खसीबोका खरिद बिक्री भएको स्थानीय व्यापारीले बताएका छन् ।
सुनसरीसहित सप्तरी र सिराहा तथा काठमाडौँकोसमेत व्यापारी यहाँ आउने भएकाले खसीबोकाको कारोवारमा वृद्धि भएको व्यापारीको भनाइ छ । केही किसानले भने भारतीय खसीबोका अवैधरुपमा भित्रिएका कारण आफूहरुले खसीबोकाको उचित मूल्य नपाएको गुनासोसमेत गरेका छन् ।
खसीबोकाको कारोवारमा वृद्धि भएसँगै यसको मूल्यमा समेत वृद्धि भएको स्थानीय उपभोक्ता चन्दन मेहताले बताए । सुनसरीमा अहिले खसीको मासु रु ८ सय ५० प्रतिकिलोमा बिक्री–वितरण भइरहेको छ । रासस

प्रकाशित मिति: फाल्गुन २२ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • १० घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा ल्याइएको अकबरे खुर्सानीमा भेटियो अत्याधिक मात्रामा विषादी

    धरानः धरान भित्रिएको अकबरे (डल्ले) खुर्सानीमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । धरान–१३ स्थित कृषि बजारमा भित्रिएको अकबरे खुर्सानीमा विषादी भेटिएको हो । भोजपुरका किसानबाट...

    • १३ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १४ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १४ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १७ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend