Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विद्यालय बन्द नहुने, एसइई परीक्षा पनि नियमित !

हाम्रो कोशी आवाज
फाल्गुन २३ २०७६, शुक्रबार
विद्यालय बन्द नहुने, एसइई परीक्षा पनि नियमित !

धरानः विद्यालय अहिले बन्द नगर्ने सरकारको योजना रहेको छ । जोखिम देखिए तत्काल निर्णय गर्ने जनाइएको छ ।
‘अहिले सशंकित हुनुपर्ने अवस्था छैन । केही जोखिम देखिने अवस्था आएमा उच्चस्तरीय कमिटी छ, मन्त्रालय छ । निर्णय गरिहाल्छ,’ शिक्षा मन्त्रालयका सचिव महेश दाहालले भने ।
कोरोना (कोभिड–१९) भाइरसको जोखिमका कारण विभिन्न देशले विद्यालयहरु बन्द गरेपनि नेपाल सरकारले भने तत्काल विद्यालय बन्द नगराउने पक्षमा देखिएको छ । यदि बीचमा केही समस्या आइपरे तत्काल नयाँ निर्णय गरी सोहिअनुसार अघि बढ्ने सरकारी तयारी छ ।
‘मन्त्रालयले अहिले विद्यालय बन्द गर्ने भनेको छैन । चैत्र ५ गतेसम्म ९ कक्षासम्मको परिक्षा सक्न भनेर आह्वान गरेका छौं,’ दाहालले भने, ‘चैत्र ६ गतेबाट हुने भनिएको माध्यमिक शिक्षा परीक्षा (एसइई) पनि नियमित हुन्छ । यदि अवस्था परिवर्तन हुँदै गयो भने सरकारले नयाँ निर्णय गर्छ । अहिले बन्द गर्नेबारे केही निर्णय भएको छैन ।’
अहिले नेपालमा विद्यालय नै बन्द गरेर आत्तिहाल्नु पर्ने अवस्था नरहेको सचिव दाहालले बताए ।
यसैबीच बुधबार मन्त्रालयले अर्को सूचना जारी गर्दै विद्यालय र शिक्षण संस्थाले संक्रमण फैलने तरिका र त्यसबाट बच्ने सम्वन्धमा गर्नुपर्ने कामबारे स्पष्ट पारेको छ । मन्त्रालयले विद्यालयहरुले विद्यार्थीलाई हरेक दिन संक्रमणबाट बच्ने उपायहरु बारे बताउने, कक्षा शिक्षकले विद्यार्थीलाई हरेक दिन कोरोना भाइरसवारे सूचना तथा जानकारी उपलब्ध गराउने, भीडभाड भएको ठाउँमा सकभर नजाने, साबुन पानीले पटकपटक राम्ररी हात धुने, खाना खाजा खानुपूर्व अनिवार्य रुपमा साबुन पानीले हात धुने, हात नमिलाउने, अङ्कमाल नगर्ने, टाढैबाट नमस्कार गर्न प्रोत्साहन गर्न आह्वान गरेको छ ।
यस्तै कुनै विद्यार्थीलाई ज्वरो रुघा–खोकी देखिएमा तत्काल अन्य विद्यार्थीहरुबाट अलग्गै राख्ने, तुरुन्तै अभिभावकलाई सम्पर्क गरी जिम्मा लगाउने, नजिकको स्वास्थ चौकी, अस्पताल वा चिकित्सकसँग सम्पर्क गरी उनीहरुको सल्लाहअनुसार उपचार गर्ने गराउने, ज्वरो र रुघा–खोकी लागेका विद्यार्थी र तीनका परिवारका अन्य व्यक्तिलाई घरमा सुरक्षित तवरले अलग्गै ठाँउमा राख्ने सम्बन्धी जानकारी गराउनुपर्ने उल्लेख गरिएको छ ।

प्रकाशित मिति: फाल्गुन २३ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend