धरानः धरानमा जारी औद्योगिक मेला भव्यताका साथ सम्पन्न भएको छ ।
सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजना भएको मेलाको शनिबारदेखि औचापरिकरूपमा समापन भएको हो । फागुन १५ गतेदेखि २४ गतेसम्म मेला आयोजना भएको हो । धरान उपमहानगरपालिकाका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदी, व्यवसायीको उपस्थितिमा शनिबार समापन कार्यक्रम आयोजना भएको छ । समापन कार्यक्रममा मेला संयोजक शिवराज श्रेष्ठले सबैलाई धन्यवाद व्यक्त गरे ।
उता सँगै छेऊमा लागेको जुत्ता–चप्पल मेला भने चैत १० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । छाताचोक तलतिर सोमबारे हटियामा यो मेला चरिहेको छ ।
जुत्ता–चप्पलमा विशेष छुटको अफर राखिएकोले भीड बढेको आयोजकले जनाएको छ । जुत्ता–चप्पल मेलामा विशेषतः फेसनेबलदेखि स्कुले विद्यार्थीको जुत्ता–चप्पल छान्न पाइने छ । जुत्ता–चप्पलमा विशेषगरी ग्यारेन्टी पनि दिइएको छ । ६ महिनादेखि एक वर्षको ग्यारेन्टी दिँदै जुत्ता–चप्पल बिक्री भइरहेको फुट वेयर मेनिफ्याक्चरल एशोसिएसन नेपालका कृष्ण फुयाँलले जानकारी दिए ।
‘स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने नाराका साथ धरानमा औद्योगिक व्यापार मेलासँगै जुत्ता–चप्पल मेला लगाइएको हो । मेलामा नेपालमै उत्पादित विभिन्न मोडलका जुत्ता–चप्पल राखिएको उनले बताए । उनका अनुसार गोल्डस्टार, कोसेली, क्रस रोड, ल्याण्ड वाक, शिखर, हाइलाइफ, विएफडी, आर हिललगायतका कम्पनीका जुत्ता–चप्पल राखिएका छन् ।
फोटोः हाम्रो कोशी आवाज डटकम
