Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोरोनाको असरः ताप्लेजुङमा पर्यटक घट्ने चिन्ता

हाम्रो कोशी आवाज
फाल्गुन २६ २०७६, सोमबार
कोरोनाको असरः ताप्लेजुङमा पर्यटक घट्ने चिन्ता

दिलकुमार लिम्बू
ताप्लेजुङः विश्वमा महामारीको रूपमा तीव्र गतिमा फैलिरहेको नोवेल कोरोना भाइरसका कारण नेपालको पर्यटन क्षेत्रमा नराम्रो असर पर्ने पक्का भएको छ ।
यसैलाई मध्यनजर गरेर नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० नै स्थगित गरिसकेको छ । यस्तो अवस्थामा यता ताप्लेजुङको कञ्चनजंघा क्षेत्रमा पनि पर्यटक घट्नेमा स्थानीय पर्यटन व्यवसायी, होटल तथा होमस्टे व्यवसायी र पर्यटन क्षेत्रमा काम गरिरहेको संघसंस्थालाई ठूलो चिन्ता परेको छ ।
नेपालको तेस्रो अग्लो हिमाल कञ्चनजंघा क्षेत्रमा आउने पर्यटक नेपालको अन्य हिमाली पर्यटकीय क्षेत्रमध्ये अलि कम पर्यटक भित्रिने क्षेत्र हो । भौगोलिक विकटता, लामो दुरी, भौतिक संचरनाको अभाव, जोखिमपूर्ण यात्रा, सञ्चारको अभावलगायत विविध कारणले यो क्षेत्रमा कम मात्रामा पर्यटक भित्रिने गरेको छ । कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अनुसार यस क्षेत्रमा पछिल्लो चालु आर्थिक वर्षको पहिलो सिजनमा उत्साहजनक पर्यटक भित्रिएको थियो ।
‘विगतको वर्षभन्दा आर्थिक वर्ष २०७६–७७ को पहिलो सिजनमा नै साढे ६ सय पर्यटक भित्रिएकाले दोस्रो सिजनमा नेपाल भ्रमण वर्ष पनि रहेकाले कम्तीमा ४–५ सय पर्यटक आउने अपेक्षा थियो जसका कारण यस आथिक वर्षमा कञ्चनजंघामा विदेशी पर्यटक बढेर एक हजार भन्दा बढी हुने अपेक्षा गरिएको थियो’ परिषद्का कर्मचारी जितेन लिम्बू बताउँछन् ।
परिषद्सँगको सहकार्यमा समृद्ध पहाडले विगत डेढ वर्षदेखि यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि ‘पर्यटन प्रवद्र्धन परियोजना’ सञ्चालन गरिरहेको छ । लिम्बूका अनुसार यो सिजनमा नेपाल भ्रमण वर्ष पनि भएकाले कञ्चनजंघामा आँकलन गरिएको भन्दा बढी पर्यटक भित्रने थियो । ‘काठमाडौंमा रहेको ट्राभल एजेन्सीहरुको सम्पर्कमा आएर भ्रमणका लागि बुक गरिएको पर्यटका समूहहरुले धमाधम भ्रमण रद्द गरिरहेको जानकारी पनि हामी कहाँ आएकाले यसले यो वर्ष हाम्रो क्षेत्रमा मात्रै नभएर देशमा नै पर्यटक आगमनमा नकरात्मक असर पर्ने निश्चित भएको छ ।’ परियोजनाका कार्यक्रम सहायक लिम्बूले बताए ।
उता कञ्चनजंघा आउने पर्यटकहरुलाई स्वागत गर्नका लागि सो पदमार्गमा सञ्चालनमा रहेका होटल सञ्चालकहरू सिजन शुरु भएसँगै व्यवशायमा जुटेका छन् तर पर्यटक नआउने हो कि भन्ने चिन्ताले पनि उनीहरूलाई पिरोलेको छ ।
विशेषगरी यस क्षेत्रका लागि घुन्सा एउटा मुख्य थलो हो जहाँ दर्जनौं होटल तथा गेष्ट हाउस सञ्चालनमा छ, यसका लागि वर्षेनी लगानी क्रम पनि बढ्दो छ । पर्यटक नआउने चिन्ताले यहाँका पर्यटन व्यवशायीलाई पिरोलेको छ । घुन्साका पिसफुल गेष्टहाउसका सञ्चालक टाँसी तेन्जीङ शेर्पा जाडो छल्न काठमाडौं बसेर भर्खरै आफ्नो व्यवसायमा फर्केका छन् तर उनलाई पक्का छ कि यस सिजन पर्यटक एकदम कम मात्रामा आउनेछ । उनले काठमाडौंको विभिन्न ट्राभल एजेन्सी चाहारेर त्यसको बारेमा बुझिसकेका छन् ।
कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का सदस्य तथा घुन्साका शेर्पा गेष्ट हाउसका सञ्चालकका अनुसार यसले यस क्षेत्रको आम्दामी ठूलो प्रभाव पार्ने गर्दछ । यस क्षेत्रका लागि नभएर ताप्लेजुङ सदरमुकामका होटल र पदमार्गका हजारौं आम्दानीमा पनि यसले नकारात्मक प्रभाव पार्नेछ ।

प्रकाशित मिति: फाल्गुन २६ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • १० घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १४ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १४ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १७ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ
  • उदयपुरमा माइक्रो र ट्रक ठोक्किँदा १७ जना घाइते

    धरानः माइक्रोबस (हायस) र ट्रक एकआपसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका–७ अँधेरीस्थित सडक–खण्डमा ट्रक र यात्रुबाहक माइक्रो बस (हायस) एक–आपसमा...

    • २ दिन अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend