मोरङः मोरङको विराटनगर महानगरपालिका–१२ मलङवाका ७२ वर्षीय परण ऋषिदेवले दाउराको चिर्पटले प्रहार गरी ७० वर्षीया आफ्नै श्रीमती सगुत्री ऋषिदेवको हत्या गरेका छन् ।
सोमवार साँझ घरायसी विवाद हुँदा आवेगमा आई परणले श्रीमतीलाई टाउकोमा दाउराको चिर्पटले प्रहार गर्दा सगुत्रीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनास्थलमा अनुसन्धान अधिकृत सहितको टोली खटी कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणको लागि कोशी अस्पताल पठाएको छ भने परणलाई नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।