Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

चितुवाको छालासहित लिम्बू पक्राउ

हाम्रो कोशी आवाज
फाल्गुन २७ २०७६, मंगलबार
चितुवाको छालासहित लिम्बू पक्राउ

दिलकुमार लिम्बू
ताप्लेजुङः ताप्लेजुङमा सोमबार चितुवाको छालासहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा फक्तालुङ गाउँपालिका–५ वेतांगु बस्ने ५५ वर्षीय टुलबीर लिम्बू छन् । उनको साथबाट चितुवाको २ थान छाला बरामद भएको छ । प्रहरी चौकी तापेथोकबाट खटिएको प्रहरीले लिम्बूको घर खानतलासी गर्दा लुकाइछिपाइ राखेको छाला फेला पारी उनलाई पक्राउ गरेको हो । लिम्बूलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि कञ्चनजंगा संरक्षण कार्यालय पठाइएको छ ।

प्रकाशित मिति: फाल्गुन २७ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend