Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कटुवा पेस्तोलसहित मिक्लाजुङका गौतम पक्राउ

हाम्रो कोशी आवाज
फाल्गुन २७ २०७६, मंगलबार
कटुवा पेस्तोलसहित मिक्लाजुङका गौतम पक्राउ

झापाः झापाको दमक नगरपालिका–३ मावाखोला पुलबाट कटुवा पेस्तोल सहित १ जना पक्राउ परेका छन् ।
मावा खोला पुल आसपास हतियार सहित १ ब्यक्ति घुमफिर गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले मिक्लाजुङ गाउँपालिका–९ का ४४ वर्षीय मेघराज गौतमलाई १ थान कटुवा पेस्तोल, सोही पेस्तोलको गोली १ थान र खाली खोका २ थान सहित पक्राउ गरेको हो । हतियारसहित पक्राउ परेका निजको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रकाशित मिति: फाल्गुन २७ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend