Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका महिलाले घरमै बसीबसी कमाउन धुप र माला बनाउने सीप सिके

हाम्रो कोशी आवाज
फाल्गुन २९ २०७६, बिहिबार
धरानका महिलाले घरमै बसीबसी कमाउन धुप र माला बनाउने सीप सिके

धरानः धरानमा महिलालाई आत्मनिर्भर बनाउने प्रयास थालिएको छ । धरान–१८ का महिलाले घरमै बसीबसी कमाउने उद्देश्यले धुप र माला बनाउने सीप सिकेका छन् । १८ नं. वडाले यस्तो सीप सिकाएको हो ।
चालु आर्थिक वर्षको लक्षित वर्गको बजेटबाट कार्यक्रम सञ्चालन गरिएको हो । तालिम नारी स्वतन्त्र मञ्च धरानले आयोजना गरिएको हो । कार्यक्रममा वडा नम्बर १८ को सभा हलमा भएको हो । कार्यक्रममा २५ जना महिलाहरू सहभागी थिए ।
चारदिने मोती माला बनाउन हातेमालो महिला उद्यमी समूहकी लिला ढकालले दिएका थिए । त्यसैगरी घरेलु धुप बनाउने तालिम निमा पोङ्स्युवाले दिएका थिए । हिमाली भेगमा पाइने सुनपाती भैरुङपातिबाट बन्ने हाते धुपको बनाउने तालिम दिइरहेका छन् ।
आफ्नै गाउँघरमा पाइने स्थानीय धुपलाई प्रयोग गरी घरमै बसीबसी बनाउन सकिने खालको धुप बनाउन सिकाइएका हुन् । समापन कार्यक्रममा भर्खरै महामारी रुप लिइरहेको कोरोना भाइरस सम्बन्धी जनचेतना समेत दिएका थिए । कोरोना सम्बन्धी जनचेतना बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानका डेपुटी डाइरेक्टर बिकास साहले दिएका थिए ।
डाइरेक्टर साहले नेपालमा हालसम्म कोरोनाको संक्रमण नदेखिएपनि उच्च जोखिम रहेको बताए । धरानमा त्यसको लागि तयारी गरिरहेको बताए । अब बीपीमा पेइङ तत्काललाई नरहने भन्दै सो स्थानमा बिरामी राख्ने बताए । त्यसैगरी संक्रमित नभएपनि विदेशबाट आएकालाई राख्न मेयर तिलक राईसँग कुरा भएको बताए ।
मेयरले भने अनुसार क्याम्पभित्र रहेको गल्फ कन्ट्री क्लबमा राख्ने कुरा भएको बताए । उनले भाइरसको कुनै उपचार नभएको भन्दै सरसफाइ नै मुख्य उपाय भएको बताए । आफ्ना आफन्त बिदेशबाट आएको भए तत्काल सम्पर्कमा जान नदिन आग्रह गरे । ज्वरो न आएपनि १४ दिनसम्म छुट्टै राखेको खण्डमा रोग लागेकोबाट र नलागेकोबाट समेत भाइरस मरेर एक आपसमा नसर्ने बताए । १८ नम्बर वडामा धरानमा यसअघि पनि डेंगुबारे सचेतना कार्यक्रम भएको वडाध्यक्ष प्रविन राई बताउँछन् ।
तालिम समापन कार्यक्रम वडा सदस्य तथा १८ वडाका महिला बालबालिका संयोजक जमुना त्रिखत्री मोक्तानको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । प्रमुख अतिथी त्रिखत्रीले तालिममा महिलाहरु उत्साहित बनेर सहभागी भएर तालिम लिएकोमा आफू खुशी भएको बताइन् ।
समय अभाव भएकोले भनेजस्तो तालिम लिन नपाएको प्रष्ट पार्दै आगामी यस्ता कार्यक्रम सञ्चालन गरिने बताए । तालिममा सहभागी मध्ये सीता राईले मोतिमाला हातमा लगाउने बाला लगायतको गरगहना बनाउन सिकेको बताइन् । त्यसैगरी धुप बनाउन सिकेकोले पुजा भन्दा पनि धुपको वास्नाबाट पनि धेरै रोगहरु निको हुने बताए ।
देवीथान संरक्षण तथा ब्यवस्थापन समिति अध्यक्ष रेवतीरवण राईले संविधानमा महिलाको अधिकार रहेको भन्दै महिलाको अधिकारसँगै सीप विकासमा अगाडि बढ्नुपर्ने बताए । कार्यक्रम स्वतन्त्र नारी मञ्चका अध्यक्ष बिना पुमाराईको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा चेली समूहकी धरान–१८ अध्यक्ष पूर्णमाया राई, नारी एकता समूहकी सचिव रिता राई लगायतले शुभकामना बधाई मन्तव्य राखेका थिए । 

प्रकाशित मिति: फाल्गुन २९ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend