Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मोरङमा माइक्रो र मोटरसाइकल जुध्दा ५० वर्षीय योगेन्द्रको मृत्यु र सुनसरीमा टिपरले ठक्कर दिँदा बालकको मृत्युु

हाम्रो कोशी आवाज
फाल्गुन ३० २०७६, शुक्रबार
मोरङमा माइक्रो र मोटरसाइकल जुध्दा ५० वर्षीय योगेन्द्रको मृत्यु र सुनसरीमा टिपरले ठक्कर दिँदा बालकको मृत्युु

सुनसरीः मोरङ सुन्दरहरैचा–७ का ५० वर्षीय योगेन्द्रप्रसाद रिजालको सवारी दुर्घटनाबाट मृत्यु भएको छ ।
सुनसरी भोक्राह नर्सिङ–४ चिरौली चोकस्थित सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १–०२००१ ज ३९०६ नम्बरको माइक्रो र बिपरीत दिशाबाट गइरहेको को३२प ३९४४ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक योगेन्द्र गम्भीर घाइते बनेका थिए ।
उनलाई विराटनगर न्यूरो अस्पतालमा उपचार भइरहेकोमा उनको उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दुवै साधन र माइक्रो चालक विराटनगर–१६ का ५२ वर्षीय आयुराज लामा नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।
यस्तै, सुनसरी बराहक्षेत्र–५ बस्ने मन्जु राजधामीको ५ वर्षीय छोरा सुजन राजधामीको टिपरको ठक्करबाट मृत्यु भएको छ । बिहीबार बेलुका राजधामी चौकस्थित सडक खण्डमा नहडाबाट कालाबन्जर तर्फ जाँदै गरेको को१ख ५७६५ नम्बरको टिफरले बाटो क्रस गर्दै गरेका बालक सुजनलाइ ठक्कर दिँदा गम्भिर घाइते भएका उनलाई थप उपचारार्थ काठमाण्डौ लाँदै गर्दा शुक्रबार बिहान ३ बजे उनको मृत्यु भएको सो कार्यालयले जनाएको छ । ठक्कर दिने टिफर र टिफर चालक प्रदिप चौधरी नियन्त्रणमा रहेको सोही कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: फाल्गुन ३० २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • १० घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १४ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १४ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १७ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ
  • उदयपुरमा माइक्रो र ट्रक ठोक्किँदा १७ जना घाइते

    धरानः माइक्रोबस (हायस) र ट्रक एकआपसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका–७ अँधेरीस्थित सडक–खण्डमा ट्रक र यात्रुबाहक माइक्रो बस (हायस) एक–आपसमा...

    • २ दिन अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend