Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कटुवा पेस्तोलसहित तीन भारतीय नागरिक पक्राउ

हाम्रो कोशी आवाज
फाल्गुन ३० २०७६, शुक्रबार
कटुवा पेस्तोलसहित तीन भारतीय नागरिक पक्राउ

मोरङः मोरङ सुनवर्षी–८ हर्चनगढी स्थितबाट ३ भारतीय नागरिक हतियार सहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्ला अररिया धर्मगंज पंचायत पलासी थाना डकैता भारत बस्ने २१ वर्षीय अजयकुमार मण्डल, १८ वर्षीय आनन्दकुमार मण्डल र २१ वर्षीय राकेशकुमार साह रहेका छन् ।
बिहीबार राति ८ बजे हर्चनगढी स्थितमा रहेको एक घरमा मादक पदार्थ सेवन गरी बसिरहेका उनीहरुलाई १ थान कटुवा पेस्तोल, १ राउण्ड गोली र उनीहरुले प्रयोग गरेको १ थान १५० सिसीको पल्सर मोटरसाइकलसहित नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । अन्य थप अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: फाल्गुन ३० २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend