धनुषाः होली पर्वको अवसरमा अत्यधिक मदिरा पिउँदा धनुषामा पाँचजनाको मृत्यु भएको छ ।
मदिरा पिउँदा क्षिरेश्वरनाथ नगरपालिका २ रमदैयामा ५ जनाएको मृत्यु भएको हो । मदिरा सेवन गरेका ३ जनाको बिहीबार दिउँसो र २ जनाको राति मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिए । मृत्यु हुनेमा एक यादव थरका छन् भने बाँकी दलित परिवारका भएको प्रहरीले जनाएको छ । उनीहरुको नाम खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।