Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धनकुटाको तमोर नदीमा सेल्फी खिच्दा खसेर बेपत्ता बनेका शर्माको शव फेला

हाम्रो कोशी आवाज
फाल्गुन ३० २०७६, शुक्रबार
धनकुटाको तमोर नदीमा सेल्फी खिच्दा खसेर बेपत्ता बनेका शर्माको शव फेला

धनकुटाः तमोर नदीको किनारमा उभिएर सेल्फी खिच्ने क्रममा खसेर बेपत्ता भएका विनित शर्माको शव फेला परेको छ ।
भारतीय नागरिक रहेका उनी हप्ताअघिदेखि बेपत्ता थिए । सात दिन पहिले नदीमा खसेर बेपत्ता भएका २६ वर्षीय उनको शव प्रहरीको एफएफ टोलीले भेटेको हो । शहिदभूमि गाउँपालिका वडा नं. १ स्थित गोपालपुरमा सशस्त्र प्रहरी सहायक निरीक्षक मनोज श्रेष्ठको कमाण्डमा रहेको टोलीले शव फेला पारेको हो । त्यस ठाउँमा ती व्यक्तिको शव भेटिएपछि एपीएफ टोलीले डोरी तथा स्टे«चरको सहायताले शवलाई बाहिर निकालेको छ ।
नोवेल मेडिकल कलेज विराटनगरमा अध्ययनरत शर्मा फागुन २४ गते किनारमा फोटो खिच्ने क्रममा नदीमा खसेका थिए । उनको उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गुल्म हेक्वा छिन्ताङ धनकुटाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सचिन कर्माचार्यको कमाण्डमा तीन जना गोताखोरसहित १५ जना विपद् व्यवस्थापन तालिम प्राप्त उद्धार टोली खटिएको थियो । 

प्रकाशित मिति: फाल्गुन ३० २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • १० घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १४ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १४ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १७ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ
  • उदयपुरमा माइक्रो र ट्रक ठोक्किँदा १७ जना घाइते

    धरानः माइक्रोबस (हायस) र ट्रक एकआपसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका–७ अँधेरीस्थित सडक–खण्डमा ट्रक र यात्रुबाहक माइक्रो बस (हायस) एक–आपसमा...

    • २ दिन अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend