Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ज्वरो आएपछि कोरोनाको आशङ्का गरिएका बिरामी धरानको बीपी प्रतिष्ठान रेफर

हाम्रो कोशी आवाज
फाल्गुन ३० २०७६, शुक्रबार
ज्वरो आएपछि कोरोनाको आशङ्का गरिएका बिरामी धरानको बीपी प्रतिष्ठान रेफर

धरानः कोरोना भाइरसको सङ्क्रमणको आशङ्कामा एक बिरामीलाई धरान रेफर गरिएको छ ।
कोरोना भाइरस सङ्क्रमण भएको आशङ्का गरिएका बिरामीलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पेइङ वार्डलाई हाल आइसोलेसन वार्ड बनाएको छ । विराटनगरस्थित कोशी अस्पतालमा भर्ना भएका एकजनालाई अस्पतालले धरानस्थित बीपी प्रतिष्ठान पठाएको हो ।
अस्पतालका सूचना अधिकृत विष्णु बुढाथोकीले विदेशबाट केहीदिनअघि विराटनगर आएका उनलाई प्रतिष्ठानको आइसोलेसन वार्डको लागि रेफर जानकारी दिए । ज्वरो देखिएपछि थप उपचारका लागि उनलाई रेफर गरिएको उनको भनाइ छ । बीपीका सहप्रवक्ता डा. अशोक ऐरले भने सो बिरामीको विषयमा विस्तृत जानकारी आइनसकेको बताउँछन् ।
यता प्रतिष्ठानमा कोभिड–१९ सङ्क्रमण भएको आशङ्कामा आइसोलेसनमा राखिएका दुईमध्ये एकजनालाई डिस्चार्ज गरिएको छ । एक महिला निको भएर डिष्चार्ज भइसकेकी छिन् । उनले यसअघि बीपी प्रतिष्ठानमा यसअघि आइसोलेसनमा रहेका केही व्यक्तिमा सङ्क्रमण नभेटिएको जानकारी दिए ।

प्रकाशित मिति: फाल्गुन ३० २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • १० घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १४ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १४ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १७ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ
  • उदयपुरमा माइक्रो र ट्रक ठोक्किँदा १७ जना घाइते

    धरानः माइक्रोबस (हायस) र ट्रक एकआपसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका–७ अँधेरीस्थित सडक–खण्डमा ट्रक र यात्रुबाहक माइक्रो बस (हायस) एक–आपसमा...

    • २ दिन अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend