Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विश्व स्वास्थ्य संगठन भन्छ- अब कोरोना महामारीको केन्द्रबिन्दु यूरोप

हाम्रो कोशी आवाज
चैत्र १ २०७६, शनिबार
विश्व स्वास्थ्य संगठन भन्छ- अब कोरोना महामारीको केन्द्रबिन्दु यूरोप

धरानः विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको केन्द्रबिन्दु अब यूरोप भएको बताएको छ ।
डब्लुएचओका प्रमुख डा टेड्रोस अधानोम गेब्रेससले पछिल्लो अवस्था हेर्दा कोरोना भाइरसको महामारीको केन्द्रविन्दु यूरोप रहेको बताए । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अहिले १४५ देशमा फैलिएको छ । चीनमा महामारी नियन्त्रण नजिक पुगिसकेकोले महामारीको केन्द्रबिन्दु अब यूरोपलाई मानिएको हो ।
डब्लूएचओका प्रमुख गेब्रेससले सबै देशहरुलाई जीवन बचाउन आक्रामक उपाय, समुदाय परिचालन र सामाजिक दूरी प्रयोग गर्न आग्रह गरे । उनले अहिले बलिरहेको संक्रमणको आगो थप फैलन नदिन सबै लाग्नुपर्ने बताए । धेरै यूरोपेली देशहरुमा संक्रमण र मृत्युमा एकदमै उकालो लागेको खबर आइरहेको भन्दै उहाँले चिन्ता व्यक्त गरेको पनि खबरमा उल्लेख छ ।
पछिल्लो २४ घण्टामा मात्र इटलीमा कोरोना भाइरसको संक्रमणबाट २५० जनाले ज्यान गुमाएका छन् । यो सँगै इटलीमा ज्यान गुमाउनेको संख्या १२६६ पुगेको छ। शनिबारसम्म इरानमा ५१४, चीनमा ३१७७, दक्षिण कोरियामा ७२, स्पेनमा १३३, फ्रान्समा ७९, अमेरिकामा ४८, जापानमा २१, यूके ११, बेल्जियम ३, स्वीजरल्याण्ड ११, नेदरल्याण्ड १० जनाको ज्यान गएको छ ।
यी देशमा कोरोनाका संक्रमण उच्च छ । यस्तै स्पेनमा १३३ जनाको ज्यान गइसकेको छ भने ५२३२ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति: चैत्र १ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • १० घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १४ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १४ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १७ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ
  • उदयपुरमा माइक्रो र ट्रक ठोक्किँदा १७ जना घाइते

    धरानः माइक्रोबस (हायस) र ट्रक एकआपसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका–७ अँधेरीस्थित सडक–खण्डमा ट्रक र यात्रुबाहक माइक्रो बस (हायस) एक–आपसमा...

    • २ दिन अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend