Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१५ का युवा र भोक्राहाका दुई युवा लागूऔषधसहित पक्राउ

हाम्रो कोशी आवाज
चैत्र ३ २०७६, सोमबार
धरान-१५ का युवा र भोक्राहाका दुई युवा लागूऔषधसहित पक्राउ

धरानः मोरङ र सुनसरी जिल्लाका दुई स्थानबाट नियन्त्रित लागूऔषधसहित तीन जना पक्राउ परेका छन् ।
आइतवार बेलुका जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान उपमहानगरपालिका–१५ का २२ वर्षीय निशान लिम्बूलाई नटफिन ५० पिस, डाइजोल्याप ५० पिस र एभिल ५० पिस सहित विराटनगरको सजिलो बजार छेऊबाट पक्राउ गरेको हो ।
यसैगरी लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ बाट दुई जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा सो स्थानमा खटिएको टोलीले को३५प ६४१८ नम्बरको मोटरसाइकलमा सवार रहेका भोक्राहा नरसिंह गाउँपालिका–४ का २४ वर्षीय अरुण यादव र सप्तरीको छिन्नमस्ता गाउँपालिका–४ का २० वर्षीय विवेक यादवको साथबाट नाइट्रोभेट ७५० क्याप्सुल, स्पास्मोप्रोक्सिवन ११६० क्याप्सुल र डाइलक्स डिसी १०० एमएलको २९ बोतल बरामद गरेको हो । लागूऔषधसहित पक्राउ परेका ३ नै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: चैत्र ३ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • १० घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा ल्याइएको अकबरे खुर्सानीमा भेटियो अत्याधिक मात्रामा विषादी

    धरानः धरान भित्रिएको अकबरे (डल्ले) खुर्सानीमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । धरान–१३ स्थित कृषि बजारमा भित्रिएको अकबरे खुर्सानीमा विषादी भेटिएको हो । भोजपुरका किसानबाट...

    • १३ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १४ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १४ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १७ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend