Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धराने पुस्ता स्वास्थ्यप्रति सचेत बन्दै

हाम्रो कोशी आवाज
चैत्र ३ २०७६, सोमबार
धराने पुस्ता स्वास्थ्यप्रति सचेत बन्दै

धरानः धराने पुस्ता स्वास्थ्यका लागि सचेत बन्दै गएका छन् । शरीरमा अलिकति मोटोपन भए जिउलाई छरितोपन दिन आजकालका युवायुवती जुम्बाको ‘नशा’ मा लागेका छन् ।
‘सहरिया पुस्तामा जुम्बाको आकर्षण बढेको छ’, धरानस्थित भिजन फिटनेशनका केशव श्रेष्ठले भने, ‘केही वर्षअघिदेखि यसको आकर्षण बढेको हो ।’ पहिलेको तुलनामा पछिल्लो समयमा आप्mनो स्वास्थ्यप्रति ख्याल राख्दै जुम्बा धाउने बढेको उनको कथन छ । विशेषतः शरीरमा बढेको मोटोपनालाई खार्नको लागि जुम्बा युवायुवतीहरूको लागि सजिलो माध्यम बनेको उनले बताए ।
म्युजिकको बिटअनुसार शरीरलाई लचक बनाउँदै नाच्ने शैलीलाई ‘जुम्बा’ भनिन्छ । ‘त्यसैले त अहिले जुम्बामा युवतीहरूको आर्कषण बढिरहेको छ’, उनी भन्छन्, ‘स्वास्थ्य रहन र आफूलाई ‘योङ’ देखाउनको लागि पनि जुम्बा जाने गरेका छन् ।’ मोटोपना घटाउनको लागि नै जुम्बा आउनेहरू धेरै हुने गरेको झुनाज फिटनेसकी सञ्चालिका झुना राई बताउँछिन् । ‘मोटोपन घट्छ नै’, उनले भनिन्, ‘त्यही भएर पनि युवापुस्ताको यसतर्फ आकर्षण बढेको हो ।
अहिले धरानमै पनि जुम्बा साथै जिमहलहरू धेरै खुलिसकेछन् धरानमा । धरानमा झण्डै एक दर्जन बढीले जुम्बा गराउने गरेका छन् । जसमा युवतीहरू आफ्नो भद्दा शरीरलाई चुस्त बनाउँदै आफूलाई ‘योङ’ देखाउनमा मस्त छन् । ‘आजकाल सहरका युवा हुन् या युवती वा महिलाहरू नै जुम्बामा धेरै नै भेटिने गरेका छन् ।’ उनले भनिन् ।
धरानमा एउटा जुम्बामा झण्डै ५० देखि माथि २ सयसम्म जुम्बा सिक्ने युवायुवतीहरू आउने गरेको धरान १२ अमान बजारस्थित धरान फिटनेश क्लबकी कृति श्रेष्ठले बताइन् ।
फुटबलकै सानोरूपमा खेलिने खेल फुटसलमा पनि धराने युवाहरूको आकर्षणले गर्दा व्यवसायिक बन्दै गएको छ । बुढासुब्बा फुटसल धरान–१८ का मानबहादुर मगरले खेलप्रतिको आकर्षण बढेको बताउँछन् । शारीरिक व्यायाम गर्न नपाएका साथै लाहुरे भिड्ने युवाहरूले यसको भरपुर सदुपयोग गरिरहेका छन् । ‘फुटसल सबैका लागि भरपर्दो विकल्प बनेको छ’ उनले भने ।
‘बालकदेखि वृद्धवृद्धासम्मको जमघट हुने गरेको छ’, उनले सुनाए, ‘सहजै खेल्न सकिने हुनाले यसको लोकप्रियता झनझन् बढ्दै गएको छ । आजकल केटाकेटीहरु फुटसल भनेपछि हुरुक्कै हुन्छन् । थोरै समयमा पनि धेरै मज्जा लुट्न सकिने हुनाले फुटसलले क्रेज बढेको हो ।’ 

प्रकाशित मिति: चैत्र ३ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend