Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा हरेक एसइई केन्द्रमा स्वास्थ हेल्प डेस्क राखेर परीक्षा सञ्चालन

हाम्रो कोशी आवाज
चैत्र ३ २०७६, सोमबार
सुनसरीमा हरेक एसइई केन्द्रमा स्वास्थ हेल्प डेस्क राखेर परीक्षा सञ्चालन

लुकमान अन्सारी
सुनसरीः कक्षा–१० को माध्यमिक परीक्षा (एसइई) सर्ने हल्ला चलिरहँदा सुनसरीमा भने प्रत्येक परीक्षा केन्द्रमा हेल्पडेस्क राखेर भएपनि परीक्षा सञ्चालनको तयारी थालिएको छ ।
चैत ६ गते सञ्चालन हुने एसइई परीक्षा परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले गराउन लागिपरेको छ । सुनसरी जिल्लाभरिमा १३ हजार ६९ जना परीक्षार्थीहरू परीक्षा दिने र ४८ वटा परीक्षा केन्द्रहरु निर्धारण गरिएको छ । सुनसरी जिल्लाभरि रहेका जम्मा १२ वटा स्थानीय निकायमध्ये ११ वटा स्थानीय निकायलाई केन्द्र निर्धारण गरिए छ भने एक भोक्राहा नर्सिह गाउँपालिकामा मात्र केन्द्र नराखिएको सुनसरी शिक्षा विकास तथा समन्वय इकार्ई प्रमुख रमेशबहादुर दाहालले बताए । भौक्राहा नर्सिह गाउँपालिकाभित्रका विद्यालयहरूमा विद्यार्थीहरुको संख्या न्यून रहेकोमा सो स्थानमा केन्द्र नराखिएको इकाई प्रमुख दाहालले बताए ।
सो स्थानमा रहेका परीक्षार्थीहरूलाई नजिकको केन्द्र कोशी गाउँपालिकाको मधुवन र इनरुवा नगरभित्र रहेका नजिक पर्ने केन्द्रमा परीक्षा दिन केन्द्र मिलाएको छ । ४८ वटा केन्द्रमध्ये सामुदायिक नियमित ४४ वटा, संस्थागत नियमित ३ वटा, संस्थागत अपग्रेड एक वटा गरी जम्मा ४८ परीक्षा केन्द्र राखिएको छ ।
सुनसरीभरिमा जम्मा समुदायिक विद्यालय १०३ मा परीक्षार्थी नियमिततर्फ ६३३६ अपगे्रडतर्फ ३१६, विद्यालय संस्थागत १८३ मा परीक्षार्थी नियमिततर्फ ६१५९ अपग्रेडतर्फ २६, प्राविधिक विद्यालय ८ मा परीक्षर्थी नियमिततर्फ २३१ अपग्रेडतर्फ १ जना गरी जम्मा परीक्षार्थी १३०६९ र विद्यालय जम्मा २८६ वटा रहेका छन् ।
सुनसरी परिक्षा केन्द्रहरुमा केन्द्राध्यक्ष४८, सहायक केन्द्राध्यक्ष ८६, निरीक्षक ६५९, परीक्षा सहायक १३४, कार्यालय सहयोगी २५७ कर्मचारीहरू खटाउने गरिएको इकाई प्रमुख दाहालले बताए । हाल विश्वलाई त्रसित बनाइरहेको कोरोना भाइरसका कारण हरेक ४८ वटा परीक्षा केन्द्रहरुमा स्वास्थ हेल्पडेस्क राखिने समेतको व्यवस्था गरिएको उनले जानकारी दिए । सुनसरीमा परीक्षा सम्बन्धीसम्पूर्ण प्रश्नपत्र लगायत परीक्षा सम्बन्धी हरेक तयारी पूरा भएको उनको भनाइ छ ।

प्रकाशित मिति: चैत्र ३ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • १० घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १४ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १४ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १७ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ
  • उदयपुरमा माइक्रो र ट्रक ठोक्किँदा १७ जना घाइते

    धरानः माइक्रोबस (हायस) र ट्रक एकआपसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका–७ अँधेरीस्थित सडक–खण्डमा ट्रक र यात्रुबाहक माइक्रो बस (हायस) एक–आपसमा...

    • २ दिन अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend