Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

उदयपुरमै एक गाग्रो पानी पाउन चार दिन पर्खनुपर्छ

हाम्रो कोशी आवाज
चैत्र ३ २०७६, सोमबार
उदयपुरमै एक गाग्रो पानी पाउन चार दिन पर्खनुपर्छ

उदयपुरः उदयपुरको सदरमुकाम गाईघाटसँगै जोडिएको त्रियुगा नगरपालिका– ११, चप्पन बरुवाधारका बासिन्दाले एक गाग्रो पानी पाउन चार दिन पर्खनुपर्छ ।
गाउँदेखि झण्डै छ किलोमिटर टाढा रहेको चिसापानी पाखाको मुहान सुक्दै गएपछि बरुवाधारवासी यो समस्या भोग्न बाध्य भएका हुन् । ‘मुहानमै पानी सुक्दै गएपछि हिजोआज धारामा पानी भर्न चार दिनमा मात्रै पालो आउँछ, महिनाभरमा एउटा परिवारले चार–पाँच गाग्रोभन्दा बढी पानी पाउँदैनन्’– स्थानीय ईश्वरीप्रसाद खतिवडाले भने ।
मुहान नै सुक्दै गएपछि झण्डै २० वर्षअघि निर्माण गरिएको यो खानेपानी योजनाका धारामा पानी झर्न छोडेको हो । तर त्यसको विकल्पमा सम्बन्धित निकायले अहिलेसम्म चासो नदिँदा स्थानीयवासी चिन्तित हुँदै गएका छन् । मुहानमै पानी कम भएपछि रातभरि ट्यांकीमा जम्मा भएको पानी आलोपालो गरी वितरण गरिँदै आएको छ ।
बरुवा र चप्पन खोलाको बीचमा रहेको बरुवाधार गाउँका ५५ घरपरिवार छन्रु। खानेपानी योजनाका धारामा पानी आउन छाडेपछि गाउँले बरुवा र चप्पन खोलाको दूषित पानी पिउनुपर्ने बाध्यतामा छन् । नजिकैका गाउँमा त्रियुगा नगरपालिकाले ठूलो पम्पबाट पानी तानेर वितरण गरेको छ तर बरुवाधारमा भने नयाँ योजना निर्माण भएको छैन । चुनावका बेला खानेपानी ल्याइदिने आश्वासन आए पनि काम हुन नसकेको स्थानीय दिलकुमार राईले बताए । ‘चुनावपछि न त नेता आउँछन्, न त योजना नै’– राईले भने ।
पानीको मुहान बस्तीभन्दा तल भएकाले चप्पन बरुवाधार गाउँमा खानेपानी व्यवस्था गर्न कठिन र खर्चिलो छ । प्रदेश सरकारको १० लाख रुपियाँ बजेटबाट खानेपानीको योजना कार्यान्वयन हुने क्रममा रहेको त्रियुगा नगरपालिका वडा नं ११ का वडाध्यक्ष विश्वराज भट्टराईले बताए । रकम थोरै भएकाले योजना सम्पन्न हुने कुरामा भने स्थानीयवासी विश्वस्त छैनन् ।
यो रकमबाट बरुवाधारमा कसरी खानेपानी पु¥याउन सकिन्छ भनेर ईष्टिमेट गर्ने काम भइरहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, गाईघाटका प्रमुख इन्जिनियर सत्यनारायण साहले बताए ।

प्रकाशित मिति: चैत्र ३ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • १० घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १४ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १४ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १७ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ
  • उदयपुरमा माइक्रो र ट्रक ठोक्किँदा १७ जना घाइते

    धरानः माइक्रोबस (हायस) र ट्रक एकआपसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका–७ अँधेरीस्थित सडक–खण्डमा ट्रक र यात्रुबाहक माइक्रो बस (हायस) एक–आपसमा...

    • २ दिन अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend