Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

चितवनमा ७२ घण्टामै बन्दै अस्पताल

हाम्रो कोशी आवाज
चैत्र ६ २०७६, बिहिबार
चितवनमा ७२ घण्टामै बन्दै अस्पताल

धरानः कोरोना (कोभिड–१९) भाइरसबाट संक्रमितका लागि उपचार गर्नका लागि चितवनमा ७२ घण्टामै अस्पताल बनेको छ ।
चितवनको भरतपुरमा अस्थायी अस्पताल ७२ घण्टामै बनेको हो । त्यहाँस्थित प्रदर्शनी कक्षलाई मंगलबारबाट अस्पतालको रुपमा तयार गर्न शुरु गरिएको र शुक्रबार ७२ घण्टा हुँदा सो भवनलाई अस्पतालको स्वरुपमा तयार गरिने र औपचारिक सञ्चालनमा ल्याउने बताइएको छ ।
भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले सो अस्पताललाई शुक्रबार सञ्चालनमा ल्याइने जानकारी दिइन् । ‘भोलिबाट अस्पताल सञ्चालनमा आउनेछ। हामीले भनेको ७२ घण्टामा निर्माण गर्न सफल भयौं,’ दाहालले भनिन् । त्यसलाई भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल नाम दिइएको छ ।
अस्पतालमा १० बेड सहितको आइसीयू, अत्याधुनिक तथा विशेष सुविधासहितका थप १० बेड सहितको अर्को एकाई र ५० बेड सहितको जनरल वार्ड तयार गरिएको छ ।

प्रकाशित मिति: चैत्र ६ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ११ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १५ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १५ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १८ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ
  • उदयपुरमा माइक्रो र ट्रक ठोक्किँदा १७ जना घाइते

    धरानः माइक्रोबस (हायस) र ट्रक एकआपसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका–७ अँधेरीस्थित सडक–खण्डमा ट्रक र यात्रुबाहक माइक्रो बस (हायस) एक–आपसमा...

    • २ दिन अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend