Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोरोना भाइरसः समाचारमा नियमित खट्ने पत्रकारलाई आवश्यक सामग्री उपलब्ध गराउन स्थानीय, प्रदेश र संघीय सरकारसँग माग

हाम्रो कोशी आवाज
चैत्र ६ २०७६, बिहिबार
कोरोना भाइरसः समाचारमा नियमित खट्ने पत्रकारलाई आवश्यक सामग्री उपलब्ध गराउन स्थानीय, प्रदेश र संघीय सरकारसँग माग

धरानः अहिले आम चासोको विषय बनेको छ- कोरोना (कोभिड-१९) भाइरस । त्यो सँगै पत्रकारले कसरी रिपोर्टिङ गर्लान् भन्ने पनि आम चासोकै विषय बन्दै गएको छ । पत्रकारहरू पनि अब के गरेर समाचार सङ्कलन गर्ने होला भन्दै चिन्तित बन्दै गएका छन् ।
नेपालमा पनि जोखिम बढेको भन्दै नेपाल पत्रकार महासङ्घ मोरङले महत्वपूर्ण निर्णय नै गरेको छ । विज्ञप्ति जारी गर्दै समाचार सङ्कलनमा नियमित खट्ने पत्रकारलाई आवश्यक सामग्रीको व्यवस्था गर्ने निर्णय गरेको हो ।
‘कोरोना भाइरसको उच्च जोखिममा नेपाल र मोरङ विराटनगर पनि रहेको हुँदा समाचार सङ्कलन, रिपोटिङका लागि नियमित खट्ने पत्रकार तथा सञ्चारकर्मीहरूको लागि आवश्यक सुरक्षा समाग्री उपलब्ध गराउन स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारको विपद् व्यवस्थापन समितिलाई माग गर्ने निर्णय गरियो ।’ बिहीबार जारी विज्ञप्तिमा भनिएको छ । बैठकले सङ्क्रमणबाट बच्नका लागि र सुरक्षित रहन सबैमा अपिल गर्ने निर्णय गरेको जनाइएको छ ।
जिल्ला शाखाको १५ औं पूर्ण बैठकले यस्तो माग गरेको अध्यक्ष बन्धु पोखरेलले जानकारी दिए । बैठकले महासंघ मोरङ शाखाद्वारा गठित सदस्यता शुद्धीकरण, नवीकरण र वितरण समितिले सिफारिस गरेका २२ वटा नयाँ सदस्यता सम्बन्धी आवेदन स्वीकृत गर्ने निर्णय गरेको जनाइएको छ । बैठकले आगामी चैत मसान्तभित्रमा नवीकरण गराउन सम्पूर्ण सदस्यहरुलाई आव्हान समेत गरेको छ ।

प्रकाशित मिति: चैत्र ६ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend