Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोरोनाविरुद्ध हामी छौंः मास्क किन्न नसक्नेलाई निःशुल्क लगाइदिँदै धरानको एक्लो कलेज

हाम्रो कोशी आवाज
चैत्र ७ २०७६, शुक्रबार
कोरोनाविरुद्ध हामी छौंः मास्क किन्न नसक्नेलाई निःशुल्क लगाइदिँदै धरानको एक्लो कलेज

धरानः धरानमा करिब एक हजार मास्क वितरण भएको छ । कोरोनाविरुद्ध हाम्रो अभियान नारासहित धरानस्थित व्हाइट हाउस कलेज धरानमा बिहीबारदेखि निःशुल्क मास्क वितरण अभियान थालेको हो । ‘निःशुल्क मास्क तथा डिटोल सावुन वितरण गरियो’, सिइओ अरुण प्रधानले भने, ‘बिहीबार नै करिब हजार मास्क वितरण गरिएको थियो ।’
सिइओ प्रधानले कलेजले बिहीबारदेखि शुरु हुने भनिएको एसइईको प्रत्येक परीक्षा केन्द्रमा पनि यसरी नै मास्क तथा डिटोल साबुन बाँड्ने लक्ष्य राखिएको तर परीक्षा स्थगित भएर विद्यार्थीहरुलाई बाँडन नपाएकोमा पछुतो मान्दै भने, ‘यसरी परीक्षा स्थगित हुने थाहा भएको भए केही दिन अगाडिदेखि नै बाँडने योजना गर्ने थियौं ।’
जनचेतनाको अभाव भएका र सहजै मास्कको पहुँच भन्दा टाढा भएका वर्गहरुमा गएर मास्क बाँडने तथा करोना भाइरस सम्बन्धी जनचेतना जगाउने लक्ष्य रहेको प्रधानले बताए । यो अभियानलाई निरन्तरता दिँदै धरानको विभिन्न स्थान, इटहरी, इनरुवा, बेलबारी लगायत आफूहरुले भ्याउनेसम्म स्थानमा मास्क वितरण गर्ने योजना रहेको प्रधानले बताए ।
प्रारम्भमा व्हाइट हाउसका विद्यार्थीहरूलाई मास्क वितरण गर्दै अभियान शुरु गरिएको थियो । भुजेल समाजका केन्द्रीय उपाध्यक्ष राजकुमार भुजेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम मा समाजसेवी सुरेन भुजेल, व्हाइट हाउसका तर्फबाट अरुण प्रधान, रविन श्रेष्ठ, पोशन श्रेष्ठ, उवित थापा, ओम रिमाल, सुजन श्रेष्ठले मास्क वितरण गरेका थिए ।
कलेजकै टोलीले बिहीबार नै धरान–३ स्थित सरस्वती बाल अनाथ आश्रममा गएर मास्क वितरण गरेको थियो । आश्रमका अध्यक्ष दानबहादुर राईको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा निवर्तमान अध्यक्ष नैनकला न्यौपाने, उपाध्यक्ष विष्णुकुमार राई, रुक्मणी मास्के वडा नं. ३ का वडा सदस्य हरि शाही, महासचिव मनिष खड्गीको उपस्थितिमा मास्क वितरण गरिएको थियो ।
कलेजको टोलीले त्यहाँ रहेका बालबालिका, कर्मचारी, शिक्षकलाई मास्क तथा डिटोल साबुन वितरण गरेको थियो । ‘कोरोनाको महामारी भएर मास्क नपाइरहेको यस्तो अवस्थामा व्हाइट हाउस धरानले यसरी मास्क तथा साबुन बाँडेर एकदमै सह्रानीय काम गरेको आश्रमका अध्यक्ष दानबहादुर राईले धन्यवाद ज्ञापन गरेका थिए ।
कलेजका सिइओ अरुण प्रधानले हात कसरी धुने, कोरोनाको लक्षण तथा यसबाट अपनाउनुपर्ने सावधानी बारेमा जानकारी दिएका थिए । बिहीबारै टोली धरान–१९ अवस्थित सुकुम्बासी वस्ती सुनाम टोल र गैरी गाउँ मा गएर मास्क, डिटोल साबुन वितरण गरेको थियो । ‘विशेषतः मास्क किन्न नसक्नेका लागि हामीले त्यहाँ पुगेर मास्क वितरण गरेका हौं’, सिइओ प्रधानले भने ।
धरान १९ का वडा अध्यक्ष पूर्ण लिम्बूको प्रमुख आतिथ्यमा वितरण कार्यक्रम भएको उनले जानकारी दिए । कार्यक्रममा वडा सदस्यहरु मेघनाथ राई, राजकुमार राई, चन्द्रमाया विक, माङ्हिम टोल विकास संस्थाका सचिव दशरथ लिम्बू, कलाकार हिमाल दहाल, निर्देशक विजय सुब्बाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष पूर्ण लिम्बुले नेपालमा अहिलेसम्म करोना भाइरस नफैलिएको तर सचेत रहने बेला आएको बताए ।
मास्क वितरणको लागि व्हाइट हाउसले आफ्नै स्रोतबाट गर्दै आएको छ । ‘कोही सहयोगी दाताहरुले सहयोग गर्नु चाहे वहाँहरुले पनि यो कार्यमा सहयोग गर्न सक्नु हुनेछ ।’ उनले भने । शुक्रबार धरानको अन्य स्थानमा र शनिवार सहयोगी भित्ता र चलचित्रकर्मी महासंघ प्रदेश न १ को सहयोगमा इटहरीको मुसहर वस्तीमा मास्क तथा साबुन बाँड्ने योजना रहेको उनले सुनाए । मास्क वितरण टोलीमा व्हाइट हाउसका विद्यार्थी समिक्षा, सुमन, बेगम, लक्की, दक्षकी, निकिताको पनि सहभागिता रहेको छ । 

प्रकाशित मिति: चैत्र ७ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend