Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोरोना जोखिमः प्रदेश १ को बैठक स्थगित, भारतीय नाका बन्द गर्न माग

हाम्रो कोशी आवाज
चैत्र ७ २०७६, शुक्रबार
कोरोना जोखिमः प्रदेश १ को बैठक स्थगित, भारतीय नाका बन्द गर्न माग

धरानः कोरोना जोखिमलाई लिएर प्रदेश सभा बैठक पनि अनिश्चितकालको लागि स्थगित भएको छ । शुक्रबार सभामुख प्रदिपकुमार भण्डारीले अर्को सूचना जारी नभएसम्मको लागि बैठक स्थगित भएको जानकारी गराए ।
प्रदेश नम्बर एकले छिमेकी मुलुक भारतसँग जोडिएका सबै नाका तत्काल बन्द गर्न केन्द्र सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ । शुक्रबार मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण समितिको बैठकले भारतसँग जोडिएको नाका बन्द गर्न केन्द्र सरकारसँग आग्रह गर्ने निर्णय गरेको हो ।
बैठकमा सहभागी समाजिक विकासमन्त्री जीवन घिमिरेले कोरोनाभाइरसको जोखिमलाई ध्यानमा राख्दै मानिसहरूको आवतजावत रोक्न नाका बन्द गर्न जरूरी रहेको बताए । प्रदेश १ मा काँकडभिट्टा, पशुपतिनगर, भद्रपुर र विराटनगरसँग जोडिएको रानी नाका सञ्चालनमा छन् ।
यस्तै बैठकले एक साताभित्र ५० शैयाको आपतकालीन अस्पताल पनि बनाउने निर्णय गरेको छ । विराटनगरस्थित नेसनल ट्रेडिङको भवनमा भेन्टिलेटरसहितको अस्पताल स्थपना गरिने मन्त्री घिमिरेले बताए ।

प्रकाशित मिति: चैत्र ७ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ११ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १५ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १५ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १८ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ
  • उदयपुरमा माइक्रो र ट्रक ठोक्किँदा १७ जना घाइते

    धरानः माइक्रोबस (हायस) र ट्रक एकआपसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका–७ अँधेरीस्थित सडक–खण्डमा ट्रक र यात्रुबाहक माइक्रो बस (हायस) एक–आपसमा...

    • २ दिन अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend