Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका यी सरकारी कार्यालय वा स्थानमा पुग्दै हुनुहुन्छ, पुगेपछि साबुन पानीले हात धुनुहोस् है !

हाम्रो कोशी आवाज
चैत्र ७ २०७६, शुक्रबार
धरानका यी सरकारी कार्यालय वा स्थानमा पुग्दै हुनुहुन्छ, पुगेपछि साबुन पानीले हात धुनुहोस् है !

धरानः कोरोना भाइरस (कोभिड–१९) जोखिमलाई मध्यनजर गर्दै धरानका विभिन्न सरकारी कार्यालय, भीडभाड हुने सार्वजनिकस्थल पुग्दै हुनुहुन्छ, त्यहाँ पुग्दा विशेषतः सरकारी कार्यालयहरुले सेवा लिनुपूर्व अनिवार्य साबुन पानीले हात धुन साबुन पानीको व्यवस्था भएको छ ।
मालपोत कार्यालय, धरान उपमहानगरपालिका, इलाका प्रहरी कार्यालय, इलाका प्रशासन कार्यालय, धरान–१५ नम्बर वडा कार्यालय अगाडीको प्रहरी पोष्टमा सेवा लिनुअघि साबुन पानीले हात धुनुपर्ने भएको हो ।
यस्तै, धरानकै देउराली चौक धरान–५, स्कुलडाँडा पानबारी धरान–६, मंगलबारे चौक, जीरोप्वाइन्ट, छाताचौक, भानुचौक, रेल्वेचौक आदि ठाउँमा हेल्प डेस्क अर्थात् सहायता कक्ष स्थापना गरेको छ ।
सेवाग्राही कार्यालयमा सेवा लिन आउँदा अनिवार्य साबुन पानीले हात धोएर मात्र सेवा क्षेत्रमा प्रवेश गर्नुपर्ने व्यवस्था गरिएको हो । सेवाग्राही सेवा लिन आउँदा र सेवा लिएर फकिँदा साबुन पानीले अनिवार्य हात धुने व्यवस्था गरिएको धरान उपमहानगरपालिकाले जनाएको छ । ‘आम नागरिकलाई सेचत बनाउन यस्तो कार्यको थालनीका गरेका हौं ।’ धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश मेहताले जानकारी दिए । हतासको वातावरण सिर्जना गर्नेभन्दा सचेतना र आत्मवलको विकास गर्न यस प्रकारको कार्य थालेको उनले बताए । उनले भने, ‘कोरोना भाइरसबाट बच्नको लागि यो पूर्व तयारी हो ।’
धरान उपमहानगरपालिका, बीपी प्रतिष्ठान, केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारको संयुक्त पहलमा यस्तो कार्यक्रम भएको हो । हेल्प डेस्क (स्वास्थ्य सहायता कक्षा) मा हेल्थ एसिस्टेन्ट, सिअहेब अधिकृत, अहेब सरहको स्वास्थ्यकर्मी रहनेछन् । हेल्प डेस्क १० देखि २ बजेसम्म मात्र रहनेछ ।

प्रकाशित मिति: चैत्र ७ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend