Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एम्बुलेन्सको ठक्करले दुईको मृत्यु, चट्याङले एकको मृत्यु

हाम्रो कोशी आवाज
चैत्र ८ २०७६, शनिबार
एम्बुलेन्सको ठक्करले दुईको मृत्यु, चट्याङले एकको मृत्यु

धरानः उदयपुर त्रियुगा–९ झिल्के चोक बस्ने ६२ वर्षीय तिलक दनुवार र सोही स्थानका १४ वर्षीय रोशन दनुवारको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको छ ।
शुक्रबार साँझ झिल्केचोकस्थित बाटो छेऊमा बसिरहेका दुवैजनालाई चुहाडेबाट गाईघाटतर्फ आउँदै गरेको स१झ ४७७ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा गम्भीर घाईते भएकोमा तिलकको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा र रोशनको न्यूरो अस्पताल विराटनगरमा शनिबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
यसैगरी उनीहरूसँगै बसेका ३२ वर्षीय राजकुमार दनुवारलाई समेत सोही एम्बुलेन्सले ठक्कर दिँदा गम्भिर घाइते भएकोमा उनको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । ठक्कर दिने एम्बुलेन्स र एम्बुलेन्स चालक सन्तोष खत्री नियन्त्रणमा रहेको कार्यालयले जनाएको छ ।
उता भोजपुरमा चटयाङले लागेर एकको मृत्यु भएको छ । भोजपुर ट्याम्केमैयुम–३ गिरी टोल बस्ने ५७ वर्षीया दुर्गामाया गिरीको चट्याङले लागी मृत्यु भएको हो । आफ्नै घरमा बसिरहेको अवस्थामा अचानक परेको चट्याङ लागी घाइते भएकी दुर्गामायाको जिल्ला अस्पताल भोजपुरमा उपचारको क्रममा शुक्रबार साँझ पौने ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रकाशित मिति: चैत्र ८ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ११ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १५ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १५ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १८ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ
  • उदयपुरमा माइक्रो र ट्रक ठोक्किँदा १७ जना घाइते

    धरानः माइक्रोबस (हायस) र ट्रक एकआपसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका–७ अँधेरीस्थित सडक–खण्डमा ट्रक र यात्रुबाहक माइक्रो बस (हायस) एक–आपसमा...

    • २ दिन अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend