Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पक्राउ परे अडियो सन्देश पठाएर कोरोनाले मृत्यु भएको भन्दै आतंकित बनाउने युवक

हाम्रो कोशी आवाज
चैत्र ८ २०७६, शनिबार
पक्राउ परे अडियो सन्देश पठाएर कोरोनाले मृत्यु भएको भन्दै आतंकित बनाउने युवक

धरानः कोरोना भाइरस (कोभिड १९) को संक्रमणको मृत्यु भएको भन्दै झुटो प्रचार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
भक्तपुरको सिपाडोल बस्ने २० वर्षका विवेक थापा मगरलाई नेपाल प्रहरीको साइबर ब्यूरोले शनिबार दिउँसो पक्राउ गरेको हो । उनले कोरोनाका कारण एक नेपालीको मृत्यु भएको तर अस्पतालले घटना लुकाएको भन्दै सामाजिक सञ्जालमा अडियो सन्देश पोष्ट गरेका छन् ।
यस्ता अनर्गल प्रचारबारे नेपाल प्रहरीको ध्यानाकर्षण भएको र दोषीलाई पक्राउ गरी कारबाही गरिने प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले बताएका छन् । साइबर ब्युुरोका एसएसपी नविन्द अर्यालले पनि मगरमाथि विस्तृत अनुसन्धान थालिएको बताए ।

प्रकाशित मिति: चैत्र ८ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend