Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा व्यापार मन्दी. व्यापारी भन्छन्- सामान खरिद गर्ने ग्राहक आउँदैनन्, मोबाइल चलायो बस्यो (११ फोटो)

हाम्रो कोशी आवाज
चैत्र ८ २०७६, शनिबार
धरानमा व्यापार मन्दी. व्यापारी भन्छन्- सामान खरिद गर्ने ग्राहक आउँदैनन्, मोबाइल चलायो बस्यो (११ फोटो)

धरानः कोरोनाको असर धरानका व्यापारीमा पनि देखिन थालेको छ । व्यापारीहरूको अवस्था त झन बिजोग नै छ । अधिकांश पसलेहरु मोबाइल चलाउनमै व्यस्त थिए ।
शनिबार धरानका पसल पुग्दा केही पसलेले मोबाइल चलायो, बसो भन्दा अन्य जवाफ दिन सकेनन् । ‘१५ दिनजस्तो भयो, व्यापारमा मन्दी छ, चहलपहल छैन, कसरी टिक्ने भनेर सोच्दै बस्दै आएका छौं ।’ मोबाइल चलाउँदै धरान–१२ महेन्द्रपथस्थित पसलमा भेटिएकी सुमित्रा श्रेष्ठले भनिन्, ‘सधैं भीडभाड हुन्थ्यो, अहिले छैन, मोबाइल चलायो बस्यो ।’
मुना थापाले व्यवसायमा मन्दी आएको १५ दिन भइसकेको बताइन् । पहिला पहिला दिनमा सयौं ग्राहक झुम्मिने पसलमा अहिले फाट्टफुट्टमात्रै आएको गरेको उनको भनाइ छ । ‘अहिले गर्मी सिजनको कपडाको पनि भित्र्याइसकेका छौं तर ग्राहक नहुँदा कोठा भाडा कसरी तिर्ने, कसरी जीविका चलाउने होला भन्ने पीडा पो थपिँदै गएको छ ।’ उनले भनिन् ।
‘धेरै फुर्सद मिले जस्तो छ नि’ एकजना कर्मचारीले बोलिहालिन्, ‘केही साता अघिसम्म फोनमा बोल्ने पनि फुर्सद हुँदैन थियो, अहिले त आनन्द छ व्यापार नभएपछि के गर्ने त ?’ व्यापार नभएको देख्दा त कहिलेकाहीँ उनलाई बन्द गरेर घरमै सुतौं जस्तो लाग्छ रे । ‘पल्लो छेऊको पसलेले त त्यसै गरे, मलाई पनि कहिलेकाहीँ झँवाक चलेर आउँछ ।’
दिनभर बसेर घर फर्किँदै आएको अधिकांश व्यवसायीको गुनासो छ । ‘अब त पसल नखोलौं जस्तो लागिसक्यो ।’ व्यवसायी निकी श्रेष्ठले भनिन् । ‘हाम्रो मात्रै होइन सबैको पसलको हालत यस्तै छ, डामाडोल अवस्था छ ।’ उनले थपिन् । यो कोरोनाकै असर नै ग्राहक नै आउन छाडेको उनको भनाइ छ । ‘तर ठीकै पनि छ, सबैले बच्नु त पर्छ नै, तर घरभाडा, बैंकको किस्तालगायतमा समस्या देखिने भयो ।’ उनले भनिन् । 

प्रकाशित मिति: चैत्र ८ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend