धरानः धरानस्थित बराह ग्रुपले घरघरमै सामान ल्याइदिने भएको छ ।
बराह ग्रुपको बैठकले यस्तो निर्णय गरेको धरान शाखा प्रमुख तथा सञ्चालक मानबहादुर विश्वकर्मा दियालीले जानकारी दिए । ‘कोरोनाका कारण डिपार्टमेन्टल स्टोर भिडभाड हुनु हुँदैन भन्ने सरकारको निर्देशन जारी छ, ठीकै पनि हो, हाम्रो डिपार्टमेन्टल स्टोर भनेको भीडभाड हुने ठाउँ नै हो, तर के गरेर बाँच्ने भन्ने चिन्ता सबैमा छ, धराने जनताले नखाइ, नलगाइ साथै सामग्री खरिद नगरी हुँदैन, यही कुरालाई मध्यनजर गरेर बराहले घरघरै लैजाने निर्णय गरेको हो ।’ उनले भने ।
विशेषतः डिपार्टमेन्टल स्टोरमा जति मूल्य छ, सोही मूल्यमा घरघरमै सेवा दिन लागिएको उनले बताए । ‘हाम्रा कर्मचारीलाई फोन आउनेवित्तिकै तुरुन्त लगिदिने व्यवस्था गरेका छौं ।’ उनले भने, ‘हामी व्यवसायसँगै सेवा पनि दिनुपर्छ भन्ने उद्देश्यले यस्तो कार्यक्रम ल्याएका हौं ।’
‘विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण बराह ग्रुपले आफ्ना सम्पूर्ण सेवाहरु, आफ्ना ग्राहक, शेयर सदस्यहरुमा हर्टलाइन नम्बरमार्फत होम डेलिभरीको उचित व्यवस्थासहित सेवा प्रदान गर्नेछ ।’, बराहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दैनिक उपभोग्य सामानहरू, बराह बचत तथा ऋण सहकारी संस्थाका सेयर सदस्यहरुलाई धरान क्षेत्रभरी स्थानीय सरकार र प्रशासनको अर्को सूचना जारी नभएसम्म निक्षेप र भुक्तानी समेत घरघरमै पुगेर सेवा दिइने छ ।’
बराहले हटलाइन सेवा सञ्चालनमा ल्याएको जनाइएको छ । यी नम्बरमा सम्पर्क गरेर सामान अर्डर गर्न सकिने ग्रुपले जनाएको छ ।
हर्टलाइन सेवा तथा नम्बरहरु
बराह ज्वेलरी शोरुम ०२५५२६७७७, ९८५२०४७७७०,
बराह डिपार्टमेण्ट स्टोर ९८०२७५७८५८
भोजपुरे फेन्सी स्टोर ९८०२७३८४९०
बराह बालसञ्चार र किडस सैलुन ९८१६३०७६५५
बराह फेमिली किचन ०२५५२५३३७, ९८११०१७८२३
बराह ट्राभल एण्ड टुर्स ९८४२०२५०५५
बराह बचत तथा ऋण सहकारी संस्था ०२५५३१२२२, ९८०२७७६७५८