दिलकुमार लिम्बू
ताप्लेजुङः ताप्लेजुङको स्थानीय तह फक्ताङलुङ गाउँपालिका र ग्रामिण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड नेपालको) संयुक्त आयोजनामा फक्ताङलुङ गाउँपालिको विभिन्न स्थानहरुमा सचेतना कार्याक्रम सञ्चालन गर्दै आएको छ ।
चैत ८ गते फक्ताङलुङ गाउँपालिका ५ तापेथोक सरस्वती आधारभूत विद्यालय, ९ ९ गते पार्वती माध्यमिक विद्यालय,१० गते सरस्वती च्यारिबुक विद्यालय फक्ताङलुङ गाउँपालिका वडा नम्बर ६ लेलेप ११ गते फक्ताङलुङ वडा ५ छिरुवा बगर १२ गते फक्ताङलुङ गाउँपालिका ४ सुन्देवी माध्यमिक विद्यालयमा विश्वमा तरङग चलिरहेको नोभोल कोरोना भाइरसको विषयमा सचेतना कार्यक्रम संचालन गरीने छ । कार्यक्रममा कोरोना भाइरस कस्तो प्रकारको भाइरस हो, त्यसको लक्षणबारेमा साथै त्यसबाट बच्ने उपायबारेमा सर्वसाधारणहरुलाइ सचेतना दिने फक्तालुङ गाउँपालिकाका कार्यकारी अधिकृत सन्तोष श्रेष्ठले जानकारी दिए ।