Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पर्यटकको लर्को लागेपछि धरानको घण्टाघर र ताप्लेजुङको पाथीभरा दर्शन अनिश्चितकाल बन्द

हाम्रो कोशी आवाज
चैत्र ९ २०७६, आइतबार
पर्यटकको लर्को लागेपछि धरानको घण्टाघर र ताप्लेजुङको पाथीभरा दर्शन अनिश्चितकाल बन्द

दिलकुमार लिम्बू
ताप्लेजुङः धरानको घण्टाघर अनिश्चितकालका लागि बन्द भएको छ । घण्टाघर अगाडि सूचना नै टाँसिएको छ । सूचना टाँस गरेर घण्टाघर बन्द गरिएको जनाइएको छ । घण्टाघर अवलोकनका लागि भन्दै स्थानीय तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेपछि घण्टाघरमा गेट लगाएर बाहिर सूचना टाँसिएको छ ।
उता ताप्लेजुङको पाथीभरा मन्दिरको दर्शन बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा शनिबार बसेको सरोकारवालाहरुको बैठकले केही समयका लागि त्यहाँ नजान अनुरोध गरेको हो ।
कोरोना संक्रमणको जोखिमलाई बेवास्ता गर्दै पाथीभरा दर्शन गर्ने जानेको ताँती लागेपछि जिल्ला प्रशासन कार्यालयमा सुरक्षा निकाय, पाथीभरा क्षेत्र विकास समिति, पाथीभरा संवद्र्धन समतिको संयुक्त आकस्मिक बैठकले अनिश्चितकालको लागि दर्शन गर्नको लागि बन्द गरिएको हो ।
अहिले पुरै बन्द नगरिएको तर आइतबार सोमबारसम्म पनि फ्लो नघटे बन्दै गर्ने ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए । शनिबार १ हजार ६ सय तीर्थयात्री ताप्लेजुङको पाथीभरा मन्दिर पुगेका थिए ।
नेपालको विभिन्न भूभागसहित भारतको सिक्किम, दार्जे्लिङ, विहारसम्मका नागरिकले पाथीभराको दर्शन गरेका हुन् । सरकारले सकेसम्म घरमै बस्न र अत्यावश्यक कामबाहेक हिँडडुल नगर्न आग्रह गरिरहेका बेला पाथीभरामा भने तिर्थयात्रीको भिड लागेको छ । फुङलिङ बजार, सुकेटार काफ्लेपाटी र फेदीमा बास बसेका तिर्थयात्री पाथीभरा पुगेका हुन् । शनिबार २५–२५ जनाका दरले समूह बनाएर पूजा गराएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी ज्ञानेन्द्र फुयाँलले बताए । भारतबाट झापा, इलाम, पाँचथर हुँदै पाथीभरा पुग्नुपर्छ ।काकडभिट्टा र पशुपतिनगर नाकाबाट नेपाल प्रवेश गरी पाथीभरा आएका हुन् । 

प्रकाशित मिति: चैत्र ९ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • १० घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा ल्याइएको अकबरे खुर्सानीमा भेटियो अत्याधिक मात्रामा विषादी

    धरानः धरान भित्रिएको अकबरे (डल्ले) खुर्सानीमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । धरान–१३ स्थित कृषि बजारमा भित्रिएको अकबरे खुर्सानीमा विषादी भेटिएको हो । भोजपुरका किसानबाट...

    • १३ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १४ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १४ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १७ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend