Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोरोनाबारे सामाजिक सञ्जालमा जे पायो त्यही लेख्नेलाई पक्राउ गर्न छुट्टै टोली, प्रहरी भन्छ- भाग्ने ‘चान्स’ छैन

हाम्रो कोशी आवाज
चैत्र ९ २०७६, आइतबार
कोरोनाबारे सामाजिक सञ्जालमा जे पायो त्यही लेख्नेलाई पक्राउ गर्न छुट्टै टोली, प्रहरी भन्छ- भाग्ने ‘चान्स’ छैन

धरानः के तपाईं कोरोना भाइरस (कोभिड १९) का बारेमा सामाजिक सञ्जालमा केही लेख्दै हुनुहुन्छ ? राम्ररी सोच्नुहोस्, तपाईंले लेखेको कुराले ‘गलत हल्ला’ फैलाउन सक्छ र तपाईं कानुनी कठघरामा उभिनुपर्ने हुनसक्छ ।
कोरोनाबारे गलत हल्ला फैलाउनेलाई अब प्रहरीले नछोड्ने भएको छ । प्रहरी भन्छ ‘यस्तो भ्रममा नपर्नुहोस्, विश्वका जुन ठाउँबाट यस्ता गतिविधि गरे पनि हामी कारबाहीको दायरामा ल्याउँछौं ।’ नेपाल प्रहरीको साइबर ब्युरोले ‘गलत हल्ला’ फैलाउनेलाई खोज्न छुट्टै टोली गठन गरेको छ । प्रहरी निरीक्षकको नेतृत्वमा टोली नै गठन गरी ब्युरोले कोरोनाका बारेमा सामाजिक सञ्जालमा हल्ला फैलाउनेहरुको खोजी गरिरहेको छ ।
टोलीलाई समाजिक सञ्जालमा आएका सही र गलत कुराको अध्ययन गर्न जिम्मा दिइएको ब्युरोका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले जानकारी दिए । सो टोलीले सामाजिक सञ्जालहरुमा गलत हल्ला फैलाउनेहरुको पहिचान गरी उनीहरुविरुद्ध विशेष अनुसन्धान गर्ने जिम्मा पाएको छ ।
अन्य समयभन्दा प्रकोपको समयमा चलाइएका हल्लाले मान्छेलाई थप आतंकित बनाउने भएकाले नियन्त्रणका लागि छुट्टै टोली बनाइएको एसएसपी अर्यालले बताए । ब्युरोले यसअघि शनिबार एक गलत अफवाह फैलाउने रामेछापको खाँडादेवी गाउँपालिकाका २० वर्षीय विवेक थापा मगरलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
थापाले नर्भिक इन्टरनेसनल अस्पतालमा कोराना भाइरसका बिरामी भएको र अस्पतालले सो कुरा बाहिर नलयाएको भन्दै गलत समाचार दर्ता नै नभएको अनलाइनमा प्रकाशन गरेका थिए । अस्पतालले त्यो समाचार गलत भएको भन्दै खण्डन गर्नुका साथै अस्पतालमा हालसम्म कोरोनाका बिरामी नभेटिएको स्पष्ट पारिसकेको छ ।
ब्युरोमा उजुरी परेको ६ घण्टाभित्रमा थापा पक्राउ परेका थिए । जुनसुकै माध्यमबाट पनि गलत हल्ला गर्नेहरुलाई कारबाहीको दायरामा ल्याएरै छाड्ने ब्युरोका प्रमुख अर्यालले बताए । अहिले ब्युरोले ‘सचेत नागरिकले सामाजिक दायित्व नबिर्सौं’ भन्ने अभियान नै चलाएका छ ।
‘कतिपयलाई फेक आइडी र विदेशबाट यस्तो हल्ला गर्रुयो भने प्रहरीले पक्राउ गर्न सक्दैन भन्ने लाग्न सक्छ,’ अर्यालले भने, ‘यस्तो भ्रममा नपर्नुहोस्, , विश्वका जुन ठाउँबाट यस्ता गतिविधि गरे पनि हामी कारबाहीको दायरामा ल्याउँछौं ।’
विदेशमा बसेर अपराध गर्नेलाई इन्टरपोलमार्फत पक्राउ गर्न सकिने अर्यालको भनाइ छ । दर्ता नभएका अनलाइनमार्फत गलत हल्ला फैलाउनेलाई कारबाही गर्न प्रेस काउन्सिलसँग सहकार्य भइरहेको पनि ब्युरोले जनाएको छ । मुलुकी अपराध संहिता (२०७४) अनुसार गलत हल्ला फैलाउनेलाई एक वर्ष कैद वा १० हजार रुपैयाँ जरिवाना वा दुवै हुनसक्ने व्यवस्था छ । यस्तै विद्युतीय माध्यमको प्रयोग गरेर हुने अपराधमा थप सजाय समेत हुन सक्छ ।
विद्युतीय कारोबार ऐन (२०६३) को दफा ४७ अनुसार यस्ता अपराधमा संलग्नलाई एक लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुनेछ । धेरैजस्ता मुद्दा फेसबुक हयाक गरेर अश्लील सामग्री प्रकाशन गरिदिने तथा अरुलाई पठाइ दिने, यौनहिंसा गर्ने र ब्ल्याकमेलिङ गर्ने घटनाका देखिएको ब्युरोले जनाएको छ । यसरी पीडित हुनेमा धेरैजसो महिला तथा बालबालिकाहरु रहेका छन् ।

प्रकाशित मिति: चैत्र ९ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ११ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १५ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १५ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १८ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ
  • उदयपुरमा माइक्रो र ट्रक ठोक्किँदा १७ जना घाइते

    धरानः माइक्रोबस (हायस) र ट्रक एकआपसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका–७ अँधेरीस्थित सडक–खण्डमा ट्रक र यात्रुबाहक माइक्रो बस (हायस) एक–आपसमा...

    • २ दिन अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend