धरानः धरान जेसिजले धरानका ४ वटा महत्वपूर्ण स्थानमा पानी टयाङकीसहितको हात धुने व्यवस्था गरेको छ ।
धरान जेसिजले कोरोना भाइरसबाट बच्न हात धुनका लागि पानी टंकी र साबुनको व्यवस्था गरेको छ । बाटो हिँड्ने सर्वसाधारणलाई हात धुन सजिलो हुनेगरी ग्रीलको स्टेन सहित १००० लिटरको पानी टंकीमा बेसिन समेत जडान गरिएको छ ।
हात धुने तरिका र साबुन पानीको व्यवस्था गरेको छ । कोरोनामुक्त धरान जेसीजको अभियान भन्ने नाराका साथ यस किसिमको हात हुने व्यवस्था धरानको प्रमुख ४ ठाँउमा गरिएको छ । धरान–२ भानुचौकको वडा प्रहरी कार्यालय अगाडी, वडा नं. १२ छाताको चौक सोमबारे हाट अगाडि, वडा नं. ८ को बरगाछीको मनोकामना हार्डवयर अगाडि र धरान–१८ को बीपी गेट अगाडि राखिएको छ ।
यी सामग्रीहरुको व्यवस्थापन गर्न धरान उपमहानगरपालिका, ईलाका प्रहरी कार्यालय, मनोकामना हार्डवयर धरान–८, जय श्री टे«डएण्ड कन्सर्न, एपल डिजिटल प्रिन्टर्सले विषेश सहयोग गरेको धरान जेसीजका अध्यक्ष दीपेन्द्र निरौलाले बताए । घरमा पनि नियमित हात धुने बानीको विकास होस् भन्ने पनि यस कार्यक्रमको उद्देश्य रहेको निरौलाको जानकारी दिएका थिए ।
आईतबार धरानको भानुचौकको वडा प्रहरी कार्यालय अगाडि रहेको हात धुने स्थानको शुभारम्भ ईलाका प्रहरी कार्यालय, धरानका प्रमुख ढुण्डीराज न्यौपानेले गरेका थिए । कोरोना भाईरसको संक्रमणबाट बच्ने सबैभन्दा सजिलो उपाय घरमा नै बस्नु हो । यदि बाहिर निश्कनु नै पर्ने भए बारम्बार हात धुनुपर्ने उनले बताए ।
अहिले विश्वव्यापी रुपमा प्रभाव पारेको कोरोना भाईरसकोबाट आफु पनि बचौ अरुलाई पनि बजाऔ सबैले सकेको सहयोग गरौ भन्ने उद्देश्यका साथ धरान जेसीजले विभिन्न कार्यक्रमहरु अघि बढाएको धरान जसीजका सचिव स्वरुपा थापा मगरले बताइन् । 