धरानः कोरोना भाइरस (कोभिड १९) फैलन नदिन धरान उपमहानगरपालिका पनि बन्द हुने भएको छ ।
अत्यावश्यकबाहेकको सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको धरान उपमहानगरपालिका कार्यालयले सूचना जारी गरेर जनाएको छ । ‘चैत ९ गतेदेखि २१ गतेसम्म अत्यावश्यकबाहेकका सेवाहरू बन्द हुनेछन्’, जारी सूचनामा भनिएको छ, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनको क्रममा घोषणा गरेकोले धरान उपमहानरले पनि आफ्ना सेवाहरू बन्द गर्ने निर्णय गरेको छ, यो निर्णयले सेवाग्राहीप्रति पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं ।’
उपमहानगरका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले सूचना जारी गर्दै उपमहानगर र मातहतको वडा कार्यालयबाट प्रवाह हुने सेवाहरु स्थगन गरिएको जानकारी दिएका नन् । अत्यावश्यक सेवाहरु सरसफाइ, स्वास्थ्य सेवा र वारुण यन्त्रबाहेक सबै सेवा बन्द हुने सूचनामा जनाइएको छ । 