Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोरोना जोखिमः धरानका डिएसपीले दिए यस्तो मार्मिक सन्देश, मजाकमा नलिऔं

हाम्रो कोशी आवाज
चैत्र १० २०७६, सोमबार
कोरोना जोखिमः धरानका डिएसपीले दिए यस्तो मार्मिक सन्देश, मजाकमा नलिऔं

धरानः इलाका प्रहरी कार्यालय धरानमा कार्यरत डिएसपी ढुण्डीराज न्यौपानेले सबैलाई फरक सन्देश दिने प्रयास गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा मार्मिक स्टाटस लेख्दै सबैलाई सन्देश दिन खोजेका छन् ।
हेरौं उनको सन्देश
अहिले नेपालको अवस्था जस्तो छ, १५–२० दिन अगाडि इटालीको अवस्था पनि त्यस्तै थियो । सरकारले हरेक ठाउँमा बन्द गरेको थियो, मानिसलाइ काम नपरी बाहिर ननिस्कन भनेको थियो, साबुन–पानीले हात धुन मास्क लगाउन भनेको थियो, भेला नहुन भनेको थियो, घरभित्रै बस्न भनेको थियो तर अहिले हामीले कोरोना भाइरसलाई जस्तो सामान्य सोचेका छौं, उनीहरूले पनि त्यस्तै सामान्य सोचेर सरकारलाइ टेरेनन्, बाहिर निस्कन र हिँड्न छोडेनन्, रेस्टुरेन्ट जान, भेला हुन, गोष्ठी गर्न छोडेनन् । अब अहिले हेर्नुस् इटालीको हालत कस्तो छ ? हरेक दिन ३–४०० मानिसहरूले ज्यान गुमाइरहेका छन्, भाइरसका कारण मर्नेको संख्या १५ दिनको अविधमै चीनको भन्दा धेरै भइसकेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै ७५० जना जतिले ज्यान गुमाएका छन् । सजिलो छैन यो मरण, तपाइलाई कोरोना लाग्यो भनेर थाहा पाउनेबित्तिकै परिवारसँग भेट्न दिँदैनन् । मरेपछि पनि घर लैजान दिँदैनन् । एकजनालाई लागिहाल्यो भने फैलिन धेरै समय लाग्दैन, नेपाल सानो देश, त्यसैमाथि हामीसँग कुनै प्रविधि छैन, त्यसैले हामी र हाम्रो देश सखाप हुन कत्ति पनि समय लाग्दैन ।
अहिले हाम्रो सरकारले पनि हामीलाई धेरै सुझावहरू दिइराखेको छ, तर हामीले त्यसलाई मजाकमा लिइरहेका छौं, यस्तै गरयो भने हाम्रो हालत पनि इटालीको जस्तो नहोला भन्न सकिँदैन । त्यसैले हामी पनि अहिल्यैबाट सचेत होऔं । जथाभावी बाहिर ननिस्कौं । बेलाबेलामा साबुन–पानीले हात धोऔं र आफूले समातेका वस्तुहरुमा कुनै किटाणु छैनन् भन्ने निश्चित होऔं । मास्कको प्रयोग गरौं । भिटामिन सीयुक्त खानेकुराहरू जस्तै टमाटर, खुर्सानी, सिम्ला, कागती, सुन्तला, किवी, काउली, ब्रोकाउली, इत्यादिको सेवन गरौं । घरमै बसौं र यो प्रकोपलाइ निम्तिन नदिऔं । आफू पनि सुरक्षित रहौं र अरूलाई पनि सुरक्षित हुन निर्देशन दिऔं । 

प्रकाशित मिति: चैत्र १० २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend