Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अब पुरै देश ‘लकडाउन’, विहान ६ बजेबाट एक सातासम्म घरबाट बाहिर निस्कन रोक

हाम्रो कोशी आवाज
चैत्र १० २०७६, सोमबार
अब पुरै देश ‘लकडाउन’, विहान ६ बजेबाट एक सातासम्म घरबाट बाहिर निस्कन रोक

धरानः नेपालमा कोरोना भाइरसबाट थप एक व्यक्ति संक्रमित भएको पाइएपछि सरकारले देशभर ‘लक डाउन’ गर्ने निर्णय गरेको छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार उच्च स्तरीय समन्वय समितिको बैठकले सोमबार साँझ देशभर ‘लक डाउन’ गर्ने निर्णय गरेको हो ।
अहिलेका लागि एक साता लकडाउन गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । सो अवधिमा सवारी साधन चल्ने छैनन् भने मानिसहरुलाई घरभित्रै बस्न लगाइनेछ । यसअघि स्वास्थ्य मन्त्रालयले फ्रान्सबाट कतार हुँदै गत साता नेपाल आएकी एक छात्रामा कोरोना भाइरसबाट संक्रमित भएको जानकारी गराएको थियो ।
ती छात्रालाई टेकुस्थित शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार भइरहेको छ ।
उनको स्वास्थ्य अवस्था सामान्य रहेको सरकारले जनाएको छ । यसैगरी सरकारको अत्यावश्यक सेवाबाहेकको कार्यालय बन्द गर्ने निर्णय गरेको छ । कर्मचारीहरुलाई घरमै तयारी अवस्थामा रहने निर्देशन दिइएको छ । स्वास्थ्यकर्मी र सुरक्षाकर्मी बाहेक अन्य कर्मचारीलाई घरमा रहन भनिने छ । त्यसैगरी समितिले नाका क्षेत्रमा भेला भएका नेपालीहरुलाई नेपाल प्रवेश गर्न दिन र क्वारेन्टाइनमा राख्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ।
कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठक भोलि विहान ६ बजेबाट एक सातासम्म घरबाट बाहिर निस्कन रोक लगाएको हो । खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने बाहेक अरु सवारी साधन पनि चलाउने पाइने छैन ।

प्रकाशित मिति: चैत्र १० २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ११ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १५ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १५ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १८ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ
  • उदयपुरमा माइक्रो र ट्रक ठोक्किँदा १७ जना घाइते

    धरानः माइक्रोबस (हायस) र ट्रक एकआपसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका–७ अँधेरीस्थित सडक–खण्डमा ट्रक र यात्रुबाहक माइक्रो बस (हायस) एक–आपसमा...

    • २ दिन अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend