Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

१६८ घण्टे निषेधाज्ञापछि ताप्लेजुङ सुनसान

हाम्रो कोशी आवाज
चैत्र १२ २०७६, बुधबार
१६८ घण्टे निषेधाज्ञापछि ताप्लेजुङ सुनसान

दिलकुमार लिम्बू
ताप्लेजुङः नेपालमा पनि कोरोना संक्रमण देखिएपछि संक्रमण फैलिन नदिन भन्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले बिहान ६ बजेदेखि निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले विज्ञप्ती जारी गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ९३० अनुसार मंगलबार बिहान ६ देखि चैत १८ गते मंगलबार विहान ६ बजे एक हप्ता तथा १६८ घण्टासम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको जानकारी दिएको छ ।
निषेधाज्ञा अवधीभर आपतकालीन र अत्यावश्यक काम बाहेक घरबाट बाहिर हिँडडुल नगर्न विज्ञप्ती मार्फत आग्रह गरिएको छ ।
यसैबीच ताप्लेजुङको सदमुकाम फुङलिङ नगारपालिकामा रहेको उद्योग वाणिज्य संघको भवनमा मंगलबार २० शैयाको आईसोलेसन वार्ड तयार पारिएको छ ।
जोखिमलाई मध्यनजर गर्दै नेपाल रेडक्रसको भवन ताप्लेजुङ विमानस्थल सुकेटर अवस्थित पाथीभरा क्षेत्र विकास समितिको भवनमा आइसोलेसन वार्ड विस्तार गर्न भएको हो । नेपाल सरकारले जारी गरेको लक डउनलाई प्रभावकारी कार्यान्वयन गर्न सबै सरोकारवालाहरु लागिपर्ने निष्कर्ष निकालेको छ । 

प्रकाशित मिति: चैत्र १२ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ११ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १५ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १५ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १८ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ
  • उदयपुरमा माइक्रो र ट्रक ठोक्किँदा १७ जना घाइते

    धरानः माइक्रोबस (हायस) र ट्रक एकआपसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका–७ अँधेरीस्थित सडक–खण्डमा ट्रक र यात्रुबाहक माइक्रो बस (हायस) एक–आपसमा...

    • २ दिन अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend