Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अब धरानमा अन्य रोगको उपचार घरघरमै, चिकित्सक घरमै पनि आइपुग्ने

हाम्रो कोशी आवाज
चैत्र १२ २०७६, बुधबार
अब धरानमा अन्य रोगको उपचार घरघरमै, चिकित्सक घरमै पनि आइपुग्ने

धरानः कोभिड–१९ कोरोना भाइरसको संक्रमण फैलन नदिन स्वास्थ्य संस्थाहरुले ओपिडी सेवा वन्द गरेसगै सामान्य बिरामीहरुलाई उपचार तथा परामर्स दिन चिकित्सकहरुको संस्था हातेमालो फाउन्डेसनले हटलाइन सेवा सुरु गरेको छ । हटलाईनमा आएका समस्या फोनबाटै गर्ने र परामर्सवाट नभए घरसम्म पुगेरै भए पनि उपचार गर्ने उद्देश्यले हटलाईन सेवा सुरु गरेको फाउण्डेसनले जनाएको छ ।
धरानमा रहेका चिकित्सकहरुको संस्था फाउन्डेशनले विगतमा समेत उपचारको पहुँच नपुगेको स्थानमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आएको थियो । अहिले फेरि फाउन्डेशनले संक्रमणको महामारीका समयमा अस्पतालमा समेत लकडाउनको अवस्था भइरहेको अवस्थामा सर्वसाधारणको उपचारमा सहजता अपनाउन सर्वसुलभ उपचार गर्ने भएको हो । बीपीमा ओपिडी लगायतका सेवा बन्द भएको र हेल्प लाइनबाट उपचार गर्ने भएपछि हातेमालो फाउन्डेशनले भने समस्या भएका बिरामीको घरमै गएर उपचार गर्ने भएको छ ।
फाउण्डेसनले प्रत्येक समस्याका लागी अगल अगल हटलाईन नम्बरको व्यवस्था गरेको छ । साथै फेसबुकमा हातेमालो फाउण्डेसनको पेजमार्फत पनि आफ्ना समस्या राख्न सकिने र त्यहीवाट समाधान गर्ने फाउन्डेशनका प्रवक्ता डा. भुपेन्द्र साहले बताए । उनले विरामीको रिपोर्ट फेसबुक म्यासेन्जरमा हाल्न लगाएर रिपोर्ट हेरेर विरामीलाई सल्लाह सुझाव दिने बताए ।
हाडजोर्नी, दन्तचिकित्सा, मेडिसिन, सर्जिकल, लगायतका धरानका ३०–४० जनाको चिकित्सकको टोलीले यसरी सर्वसाधारणलाई सर्वसुलभ ढंगले सेवा दिने भएको हो । फाउन्डेशनका अध्यक्ष डा. इन्द्र लिम्बूले कोरोना भाइरसका कारण अस्पतालमा आउन नपाएका बिरामीहरुलाई घरमै गएर उपचार गराउने बताए । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको चापलाई कम गर्दै सर्वसाधारणको स्वास्थ्यलाई ध्यानमा राखेर आफूहरुले सकेसम्म सर्वसाधारणको उपचारमा संलग्न हुने निर्णय गरेको अध्यक्ष डा. लिम्बूले बताए । सबै विभागका चिकित्सकहरु यस फाउन्डेशनमा आवद्ध भएकाले सर्वसाधारणको मधुमेह, उच्च रक्तचाप, छालाको समस्या, मुटुको समस्या लगायतका यावत समस्या प्रतिष्ठानको ओपिडीको समय विहान १० बजेदेखि बेलुका ५ बजेसम्म गर्ने अध्यक्ष डा. लिम्बुले बताए । 

प्रकाशित मिति: चैत्र १२ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend