Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नेपालमा कोरोना जँचाउने बढे

हाम्रो कोशी आवाज
चैत्र १२ २०७६, बुधबार
नेपालमा कोरोना जँचाउने बढे

धरानः केही दिनयता नेपालमा कोरोना भाइरस संक्रमणको शंकामा नमुना (स्वाब) परीक्षण गराउने संख्या बढेको छ ।
नेपालमा दोस्रोपटक कोरोना संक्रमण भेटिएपछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षण गराउने बिरामीको संख्या बढेको हो ।
अहिले दिनमै ५० देखि १०० वटासम्म नमुना (रयाल) परीक्षण भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
‘अहिले कोरोना शंकामा परीक्षण गराउनेको संख्या बढेको छ,’ बुधबार बिहान प्रवक्ता देवकोटाले भने, ‘अहिले दिनमै ५० देखि १०० वटासम्म स्याम्पल (नमुना) आउने गरेका छन् ।’
अहिलेसम्म नेपालमा टेकुस्थित प्रयोगशालमा मात्रा कोरोना भाइरस परीक्षण हुन्छ । अन्य अस्पतालले पनि शंकास्पद बिरामीलाई आइसोलेसनमा राखेर कोराना परीक्षणका लागि नमुना टेकुमै पठाउँछन् । मन्त्रालयका प्रवक्ता डा. देवकोटाले मंगलबारसम्म ६१० नमुना परीक्षण गराइएको र त्यसमा २ जनाबाहेक अन्य सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए ।
‘अब आज पनि केही रिपोर्ट आउँदै छन्,’ उनले भने, ‘भरे साँझसम्म रिपोर्ट प्रकाशन हुनेछ ।

प्रकाशित मिति: चैत्र १२ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend