Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोरोनाः कहाँ र कस्तो ठाउँमा लामो समय टिकिरहन्छ ?

हाम्रो कोशी आवाज
चैत्र १३ २०७६, बिहिबार
कोरोनाः कहाँ र कस्तो ठाउँमा लामो समय टिकिरहन्छ ?

विश्वमै कोरोना भाइरस (कोभिड—१९) फैलिँदै जाँदा यो कहाँबाट कसरी सर्छ भन्ने चासो मानिसमा बढ्दो छ । सर्ने विषयको त्रास पनि छ । अहिले पनि विभिन्न कार्यालय सफा हुँदै गएका छन्, अस्पताल डिपार्टमेन्टल स्टोर, पसल पनि सरसफाइ हुँदै आएका मात्रै छैनन् पैसाबाट पनि सर्न सक्छ भन्ने सुनिन थालेको छ । यस विषयमा वैज्ञानिकहरुको फरक—फरक टोलीले अनुसन्धान गरेका छन् ।
शोधकर्ताहरुका अनुसार कोरोना संक्रमित व्यक्ति खोक्दा वा छ्यूँ गर्दा मुख वा नाकबाट बाहिर निस्कने पानीजस्तो पातलो सिँगानबाट कोरोना फैलिन सक्छ । एक पटक छ्यू गर्दा निस्कने सिँगानबाट ३ हजार कणसम्म पानी बन्न सक्छ । यस्तो कण अर्को व्यक्तिको कपडा वा नजिकै खस्न सक्छ । केही पार्टिकल्स (एटमभन्दा सुक्ष्म भाग) हावामा पनि रहन सक्छन् ।
वैज्ञानिकहरुको अध्ययनले देखाएअनुसार भाइरसहरु दिसाजन्य फोहरमा लामो समयसम्म जीवित रहन सक्छन् । यस्तो अवस्थामा शौचालय गएर आउने व्यक्तिले यदि राम्रोसँग हात नधोए उसले छुने अर्को जुनसुकै चिज संक्रमित हुनसक्छ । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) को शोधले देखाएअनुसार भाइरस भएको कुनै सतह वा वस्तु छोएर आफ्नो अनुहार छुनु भाइरस फैलिने मुख्य कारण होइन । कोरोनाका सन्दर्भमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का लागि काम गर्ने शोधकर्ताहरुको मत फरक छ । उनीहरुका अनुसार हात धुने तथा बारम्बार छुने सतहलाई दैनिक सफा गर्नु कोरोना फैलिनबाट रोक्ने मुख्य उपाय हो ।
अहिले अनुसन्धानकर्ताको मुख्य सवाल यो छ कि आखिर कति समयसम्म कोरोना भाइरस मानव शरीर बाहिर जीवित रहन सक्छ ? सार्स कोभ–२ भाइरसमा गरिएको अध्ययनले देखाएको छ फलामे ग्लास तथा प्लास्टिकमा यो भाइरस ९ दिनसम्म जीवित रहन सक्छ । कम तापक्रममा कुनै भाइरस २८ दिनसम्म बाँच्न सक्छ । कोरोनाले अनुकूल वातावरण पाए यो लामो समय टिक्न सक्छ ।
पछिल्लो समय कोरोनाबारे धेरै अनुसन्धान भएका छन् । सोधकर्ताले यो भाइरस कसरी फैलिन्छ भन्नेबारे जानकारी पनि बटुलेका छन् । युएस नेशनल इन्स्टिच्युट अफ हेल्थ (एनआईएच) का बायोलोजिस्ट निल्तजे डोरमालेनसहितका अनुसन्धानकर्ताले सार्स कोभ—२ भाइरस फरक—फरक सतहमा कति समय बाँच्न सक्छ भनेर अनुसन्धान गरेका छन् । उनको यो शोध न्यू इङ्ल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित छ । यो अध्ययनबाट थाहा भयो कि यो भाइरस थुक वा रुघाखोकी क्रममा मानव शरीर बाहिर निस्किएपछि थोपामा ३ घन्टासम्म जीवित रहन सक्छ । १ देखि ५ माइक्रोमिटर आकार भएको छिटा मानव रउँको मोटाइभन्दा करिब ३० गुणा सानो हुन्छ । यस्तो थोपा कैयौं घन्टासम्म हावामा रहन सक्छ । यसको मतलब के हो भने भाइरस फिल्टरवाला एयर कन्डिसनिङ सिस्टमबाट आउने भाइरस केवल केही घन्टा मात्र जीवित रहन सक्छ ।
एनआइएचको अध्ययनले देखाएअनुसार सार्स—कोभ—२ भाइरस कार्डबोर्डमा २४ घन्टासम्म तथा प्लाष्टिक तथा स्टिलको सतहमा २—३ दिनसम्म बाँच्न सक्छ । यो जानकारीबाट थाहा भएको छ भाइरस ढोकाको ह्यान्डल, प्लाष्टिक कोटेड सामग्रीको सतहमा बढी समय जीवित रहन सक्छ । शोधअनुसार तामाको सतहमा यो भाइरस ४ घन्टामा मर्छ ।
अनुसन्धानबाट देखिएको छ सार्स रोगको कारण बन्नेसँग सम्बन्धित कोरोना भाइरस ५६ डिग्री सेल्सियसभन्दा माथिको तापक्रमा मर्न सक्छ । यो कुराको कुनै तथ्यांक छैन कि कुनै संक्रमित व्यक्तिले थुकबाट निस्कने एक थोपामा भाइरसका कति पार्टिकल (एटमभन्दा सुक्ष्म कण) हुन्छन् । यसबाट थाहा हुन्छ कि हावामा रहेको पानी छिटामा भाइरस कम समय बाँच्न सक्छ । हामीले किन हात तथा सतह सफा राख्नुपर्छ भन्ने यसले प्रष्ट पार्छ । (बिबीसीबाट अनुवादित)

प्रकाशित मिति: चैत्र १३ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • १० घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १४ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १४ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १७ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ
  • उदयपुरमा माइक्रो र ट्रक ठोक्किँदा १७ जना घाइते

    धरानः माइक्रोबस (हायस) र ट्रक एकआपसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका–७ अँधेरीस्थित सडक–खण्डमा ट्रक र यात्रुबाहक माइक्रो बस (हायस) एक–आपसमा...

    • २ दिन अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend