Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा कतारको जहाजमा कोरोना सङ्क्रमित युवतीसँगै आइपुगेकी महिला भेटिइन्

हाम्रो कोशी आवाज
चैत्र १३ २०७६, बिहिबार
धरानमा कतारको जहाजमा कोरोना सङ्क्रमित युवतीसँगै आइपुगेकी महिला भेटिइन्

धरानः धरानमा फ्रान्सबाट कोरोना सङ्क्रमित युवतीसँगै आएकी महिला भेटिएकी छिन् । कोरोना संक्रमण देखिएकी युवती चढेको जहाजबाट आएकी सुनसरीका दुईमध्ये एक महिलामध्ये उनी पनि हुन् । यसअघि धरान–१६ को भनेर अफवाह फैलाएपनि उनी धरान–१६ की भने होइनन् । सो जहाजमा आउने धरानका दुईमध्ये उनी एक हुन् ।
लिम्बू थरकी ती महिला बिहीबारसम्म पनि घरमै बसिरहेको स्थानीयबासीले बताएका छन् । उनलाई यसअघि आफन्तले घरमै लुकाएर राखेको स्थानीयबासीले बताएका छन् । ‘घरमै उनलाई लुकाएर राखिएको थियो, धेरैले अस्पताल लगेर आवश्यक चिकित्सकीय परामर्श गर्न आग्रह गरेपनि आफन्तसमेत मानेका थिएनन्, तर उनी आफै जाने भनेपछि, आज लैजाने तयारी भइरहेको छ,’ स्थानीयबासी भन्छन्, ‘यतिजेल सो घरमा पाटी समेत आयोजना भएको थियो, पहिला नै थाहा भएपनि यसरी गुपचुप रहनुचाहिँ हदैसम्मको लापरवाही हो ।’
उनलाई हालसम्म कुनै स्वास्थ्य समस्या भने देखिएको छैन । आवश्यक चिकित्सकीय परामर्श लिनको लागि बीपी प्रतिष्ठान लैजाने तयारी भइरहेको स्थानीयबासी बताउँछन् । उनी युकेबाट आएको भएपनि कतारबाट आएको जहाजमै उनी आएकी थिइन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले उनको ठेगाना पत्ता लगाइसकिएको र अब परीक्षणका लागि प्रतिष्ठान लैजाने तयारी भइरहेको बताए । छिमेकीका अनुसार उनी घर बाहिर ननिस्केपनि पाटीसमेत आयोजना भएकोले अलि डराउनुपर्ने अवस्था आएको हो । ‘के हो के हो भोलि पोजेटिभ अवस्थामा उनी देखिइन् भने धेरैलाई संक्रमण हुनसक्छ भनेर डराइरहेकोचाहिँ हो ।’ उनले विदेशबाट फर्किने सबैले एकपल्ट चेकजाँचमा आनाकानी र लापरवाही गर्न नहुने पनि बताए । ‘उहाँहरूलाई भेटेको रहेछ भने अन्यलाई पनि भेट्न भन्ने कुरा चाहिँ सबैले बुझ्न आवश्यक छ ।’

प्रकाशित मिति: चैत्र १३ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend