Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

हङकङका एकजना नेपालीलाई कोरोना संक्रमण

हाम्रो कोशी आवाज
चैत्र १३ २०७६, बिहिबार
हङकङका एकजना नेपालीलाई कोरोना संक्रमण

धरानः हङकङमा पहिलो पटक एक नेपाली कोरोना भाइरसबाट संक्रमित भएको भेटिएका छन् ।
पोखरा स्थायी घर भएका २८ वर्षीय गुरुङ थरका युवकको स्वास्थ्य परिक्षण गर्दा कोरोना पोजेटिभ फेला परेको हो । हङकङमा उनी केस नम्बर ३९४ औं मा परेका छन् ।
१० वर्षदेखि हङकङमा बसोबास गर्दै आएका गुरुङ ४ वर्षयता नाइट लाइफका लागि चर्चित लान क्वाइ फोङको बारमा काम गर्दै आएका थिए। आफ्ना सहकर्मीलाई कोरोना भाइरस संक्रमण भएपछि उनको समेत परिक्षण गरिएको थियो। परिक्षण रिपोर्ट पोजेटिभ आएपछि गुरुङलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो ।
हङकङको सेङ सुइस्थित नर्थ डिष्ट्रिक अस्पतालको आइसीयूमा गुरुङको उपचार भइरहेको छ । अस्पतालको आइसीयूबाटै नेपालखबरको सम्पर्कमा आएका गुरुङले आफुसँगै काम गर्ने व्यक्तिलाई संक्रमण भएको भेटिएपछि परिक्षण गरेको बताए ।
‘मसँगै काम गर्ने व्यक्तिलाई कोरोना फेला परेपछि मलाई पनि गत मंगलबार परिक्षणका लागि लगियो, परिक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको डाक्टरले बताए’, गुरुङले आइसीयूबाट फोनमा भने, ‘तर मलाई त्यस्तो कुनै कमजोरीको लक्षण देखा परेको छैन ।’ गुरुङ सहित हङकङमा ४१० जना कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् भने ४ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित मिति: चैत्र १३ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ११ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १५ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १५ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १८ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ
  • उदयपुरमा माइक्रो र ट्रक ठोक्किँदा १७ जना घाइते

    धरानः माइक्रोबस (हायस) र ट्रक एकआपसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका–७ अँधेरीस्थित सडक–खण्डमा ट्रक र यात्रुबाहक माइक्रो बस (हायस) एक–आपसमा...

    • २ दिन अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend