Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

इटहरीका मेयर द्वारिकलाल फेरि विवादमै, फोन राख…भनेपछि

हाम्रो कोशी आवाज
चैत्र १३ २०७६, बिहिबार
इटहरीका मेयर द्वारिकलाल फेरि विवादमै, फोन राख…भनेपछि

धरानः इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी फेरि उस्तै विवादमा तानिएका छन् ।
विवादमा आइरहने प्रमुख द्वारिकलाल चौधरीले कोरोना संक्रमणविरुद्ध उपमहानगरपालिकाको तयारीबारे सोध्न खोज्दा मुख खोलेका हुन् । कोरोना भाइरसको जोखिमसँग लडिरहेका बेला गुमनाम बनेका मेयर चौधरीलाई इटहरीमा भइरहेको तयारीबारे जानकारी लिन खोज्दा उनले मुख छाडेर तथानाम गाली गरेका छन् । कोरोना भाइरसको महामारीको समयमा उपमेयर लक्ष्मी गौतमलाई कार्यवाहक दिएका चौधरीलाई इटहरीको एरिना टेलिभिजनले फोन सम्पर्क गरेर सोध्न खोजेको थियो ।
कोरोनाविरुद्वको तयारीबारेमा संवादका लागि फोन सम्पर्क गरेको टेलिभिजनका प्राविधिकलाई चौधरीले अपशब्द प्रयोग गर्दै तनाथाम गाली गरेका हुन् ।
पत्रकारः हेलो
मेयरः हेलो
पत्रकारः सर नमस्कार
मेयरः नमस्कार
पत्रकारः सर म एरिना टेलिभिजनबाट हो ।
मेयरः क्यारे !
पत्रकारः एरिना टेलिभिजनबाट बोलेको सर ।
मेयरः फोन राख मु…
पत्रकारः सर सन्नु न
मेयरः फोन राख मु…
पत्रकारः होइन हौ सर, सुन्नु न अनि यो हाम्रो
मेयर ः फोन राख मा… त तेरो बाउलाई फोन गरे…
मेयरः फोन राख मा…. त !
उनले यसअघि पत्रकारको नाकको डाँडी भाँच्न एक करोड छुट्याएको धम्की दिएका थिए । उता मेयर चौधरीले पत्रकारमाथि अपशब्द बोलेको भन्दै नेपाल पत्रकार महासंघ सुनसरीले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको छ ।

प्रकाशित मिति: चैत्र १३ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ११ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १५ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १५ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १८ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ
  • उदयपुरमा माइक्रो र ट्रक ठोक्किँदा १७ जना घाइते

    धरानः माइक्रोबस (हायस) र ट्रक एकआपसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका–७ अँधेरीस्थित सडक–खण्डमा ट्रक र यात्रुबाहक माइक्रो बस (हायस) एक–आपसमा...

    • २ दिन अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend