Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेश १ मा १५२ जनामा कोरोना आशंकामा स्वास्थ्यलाभ, देशभरी ७५८

हाम्रो कोशी आवाज
चैत्र १४ २०७६, शुक्रबार
प्रदेश १ मा १५२ जनामा कोरोना आशंकामा स्वास्थ्यलाभ, देशभरी ७५८

धरानः प्रदेश नम्बर १ का विभिन्न स्थानहरूमा स्थापना गरिएका क्वारेन्टाइन गृहहरुमा कोरोना भाइरसको आशंका गरिएका १५२ जनाले स्वास्थ्य लाभ लिइरहेको प्रदेश १ प्रहरीले जनाएको छ ।
चैत १३ गते बेलुका ६ बजेसम्म अस्पतालको क्वारेन्टाइनमा १४ जनाको उपचार भइरहेको छ भने होम क्वारेन्टाइनमा ७१ जनालाई राखिएको छ । नेपाल सरकारले चैत ११ गतेदेखि लागू हुने गरी जारी गरेको लकडाउनको समयमा मात्र लक डाउनको उल्लंघन गरी सवारी साधन चलाउने ५२ जनालाई नियन्त्रणमा लिइएको थियो भने ठूला साना गरी २२७ वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको छ ।
विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणको शंकामा नेपालमा पनि दिनदिनै प्रयोगशालामा परीक्षण भइरहेको छ ।
यो परीक्षण हुने नेपालको एक मात्र ठाउँ काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोशालाका अनुसार अहिले (बिहीबार साँझ) सम्म ७५८ बिरामीको नमुना (रयाल) परीक्षण भइसकेको छ । तीमध्ये ३ जनाबाहेक अन्यमा कोरोना देखिएको छैन ।
यस्तै कोरोना परीक्षणका लागि अहिलेसम्म ६८७ वटा नमुना प्राप्त भइसकेको प्रयोेगशालाको तथ्यांकमा उल्लेख छ । चीनको उहानमा कोरोना संक्रमण सुरु भएलगत्तै त्यहाँबाट नेपाल फर्किएका एक नेपाली विद्यार्थीमा कोरोना संक्रमण पाइएको थियो। कोरोना संक्रमित पहिलो ती नेपाली उपचारपछि उहिल्यै स्वस्थ भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिइसकेको छ ।
त्यसयता दोस्रोपटक एक नेपाली छात्रामा कोरोना देखियो भने पछिल्लो समय केही दिनअघि मात्र अर्का नेपालीमा पनि कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा अहिलेसम्म संक्रमितको संख्या ३ पुगेको छ ।
फ्रान्सबाट कतार एयरवेजको विमानमा स्वदेश आएकी १९ वर्षीय ती छात्रा र यूएईबाट आएका पछिल्लो संक्रमित नेपाली पुरुषको अहिले टेकुमै रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार जारी छ । दिनदिनैजसो कोरोना संक्रमित फेला पर्न थालेपछि यसको शंकामा नमूना परीक्षण गराउनको संख्या ह्वात्तै बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: चैत्र १४ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ११ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १५ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १५ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १८ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ
  • उदयपुरमा माइक्रो र ट्रक ठोक्किँदा १७ जना घाइते

    धरानः माइक्रोबस (हायस) र ट्रक एकआपसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका–७ अँधेरीस्थित सडक–खण्डमा ट्रक र यात्रुबाहक माइक्रो बस (हायस) एक–आपसमा...

    • २ दिन अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend