Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मेरिङदेन गाउँपालिकाद्वारा साढे १९ लाख कोषमा जम्मा

हाम्रो कोशी आवाज
जेष्ठ ६ २०७७, मंगलबार
मेरिङदेन गाउँपालिकाद्वारा साढे १९ लाख कोषमा जम्मा

दिलकुमार लिम्बू
ताप्लेजुङः ताप्लेजुङ स्थानीय तह मेरिङदेन गाउँपालिकाले सोवार सूचना सार्वजनिक गर्दै प्रकोप व्यवस्थापन कोषमा १९ लाख ६९ हजार ६४४ सय रूपैयाँ कोषमा जम्मा गरेको छ ।
कोरोना भाइरसका कारणले नेपालमा लकडाउनबाट प्रभावित गरिब तथा विपन्न् घरपारिवारलाई राहत प्रदान गर्ने तथा क्वारेन्टाइन स्थापना तथा व्यवस्थापन गर्नको लागि गाउँपालिका विपद् व्यवस्थापन कोषबाट ५ लाख, ३३ जना जनप्रतिनिधिहरुको एक महिनाको सेवा सुविधाबापत ३ लाख ८६ हजार १ सय, ३५ जना मेरिङदेन गाउँपालिकामा कार्यरत् ३५ जना कर्मचारी तीन दिनको तलब भत्ता बापत १ लाख २५ सय ७५ रुपैयाँ र गाउँपालिकाभित्र सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुबाट ४ लाख ८० हजार ९ सय ६९ रुपैयाँ संकलन गरी प्रकोप व्यवस्थापनको खातामा रहेको मेरिङदेन गाउँपालिकामा रहेको क्रेडिट एण्ड कर्मश बैकमा जाम्म गरेको हो मेरिङदेन गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत डम्बर बहादुर आङदेम्बेले जानकारी दिए ।

प्रकाशित मिति: जेष्ठ ६ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend