Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा थप दुईमा कोरोना पोजेटिभ

हाम्रो कोशी आवाज
जेष्ठ ६ २०७७, मंगलबार
सुनसरीमा थप दुईमा कोरोना पोजेटिभ

सुनसरीः सुनसरीमा थप दुई जनामा कोरोना पोजेटिभ देखिएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणमा इटहरी सुनसरीका एक जना र अर्का एक सुरक्षाकर्मीको यस्तो रिपोर्ट आएको हो ।
कोरोना पोजेटिभ देखिएका एक व्यक्ति १८ वर्षका छन् । उनी इटहरीका हुन् । अर्का व्यक्ति सुनसरीमै कार्यरत् सुरक्षाकर्मी हुन् ।
प्रतिष्ठानका सहायक प्रवक्ता डाक्टर अशोक ऐरले सोमबार राति १ बजे परीक्षण गर्दा २ जनामा कोरोना पोजेटिभ देखिएका बताए । योसँगै सुनसरीमा मात्र कोरोना संक्रमित संख्या तीन पुगेको छ । प्रदेश १ मा केरोना संक्रमिको संख्या ४५ पुगेको छ । ती मध्ये १८ जना डिस्चार्ज भएका छन् ।
सोमबार मात्रै मात्रै सुनसरी गढी गाउँपालिकाका एक युवालाई कोरोना संक्रमण भएको बीपी प्रतिष्ठानमै पुष्टि भएको थियो । ती युवा ११ दिन पैदल हिँडेर दिल्लीबाट नेपाल आएका थिए । वैशाख २९ गते नेपाल प्रवेश गरेका थिए भने तिनीमध्येका एक धरानका युवा पनि थिए । उनलाई धरानस्थित नेपाली सेनाको क्वारेन्टाइनमा राखिएको छ । स्वास्थ्य मन्त्रालयले भने यसको आधिकारीक पुष्टि गरेको छैन ।

प्रकाशित मिति: जेष्ठ ६ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend