Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

युवतीले गरिन् आफ्नै बाबुको हत्या

हाम्रो कोशी आवाज
जेष्ठ ६ २०७७, मंगलबार
युवतीले गरिन् आफ्नै बाबुको हत्या

धरानः इलाममा गए राति २५ वर्षीया युवतीले आफ्नै बुबाको हत्या गरेकी छन् । इलाम देउमाई नगरपालिका-६ शान्तिडाँडाकी सुष्मा राईले बुबा २५ वर्षीय फुलबहादुर राईको हत्या गरेकी हुन् ।
शान्तिडाँडाको गोरेडाँडा निवासी बुबा फुलबहादुर र छोरी सुष्माबीच झगडा भइरहने गरेको स्थानीयवासीले बताएका छन् । त्यस्तै झगडाको निहुँमा छोरीले बाबुको हत्या गरेको हुनसक्ने इलाका प्रहरी कार्यालय मङ्गलबारेका प्रहरी निरीक्षक राजकिशोर शाहले बताए ।
रातको समयमा झगडा हुँदा छोरीले नै हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । घरमा जेठी छोरी सुष्मा, उनका बुबा र आमा मात्र रहेको अवस्थामा राति खाना खाइसकेपछि पनि झगडा भएको थियो ।
फुलबहादुरको टाउकोमा चोट देखिएको छ । टाउकोमा चिर्पट प्रहार गरेर हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ। कान्छी छोरी र ज्वाइँसमेत शान्तिडाँडा घरमा आएका र हिजो दिउँसो पनि झगडा भएपछि गाउँ गएका सथानीयले बताएका छन् ।
घटनास्थलमा प्रहरी पुगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। छोरी सुष्मा बेलुकैबाट फरार रहेकाले खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: जेष्ठ ६ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend