Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

युवतीले गरिन् आफ्नै बाबुको हत्या, पक्राउ परिन् युवती

हाम्रो कोशी आवाज
जेष्ठ ६ २०७७, मंगलबार
युवतीले गरिन् आफ्नै बाबुको हत्या, पक्राउ परिन् युवती

इलामः इलाम देउमाई–६ शान्तिडाँडा बस्ने २५ वर्षीया सुष्मा राई आफ्नै बुबाको हत्या आरोपमा पक्राउ परेकी छिन् ।
खाना खाएर घरमा बुबासँग गफ गरेर बसिरहेको अवस्थामा एक्कासी घरायसी विषयमा विवाद हुन थालेपछि सोमबार राति ११ बजे सुष्माले बुबा ५१ वर्षीय फूलबहादुर राईलाई बन्चरोले टाउँकोमा प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ ।
फूलबहादुर आफ्नै घर भित्र मृत अवस्थामा फेला परेको भनी आफन्तले इलाका प्रहरी कार्यालय मंगलबारेमा खबर गरेका थिए । घटनाको जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालय इलामबाट समेत घटनास्थलमा खटिएको प्रहरी टोलीले मृतक राईको हत्या भएको पुष्टि गरेसँगै हत्यामा संलग्न सुष्मालाई जंगलमा लुकिछिपी बसेको अवस्थामा घटनामा प्रयोग भएको बन्चरो सहित पक्राउ गरेका हो ।
झगडाको निहुँमा छोरीले बाबुको हत्या गरेको हुनसक्ने इलाका प्रहरी कार्यालय मंगलबारेका प्रहरी निरीक्षक राजकिशोर शाहले बताए ।
रातको समयमा झगडा हुँदा छोरीले नै हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । घरमा जेठी छोरी सुष्मा, उनका बुबा र आमा मात्र रहेको अवस्थामा राति खाना खाइसकेपछि पनि झगडा भएको थियो ।
फुलबहादुरको टाउकोमा चोट देखिएको छ । टाउकोमा चिर्पट प्रहार गरेर हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । कान्छी छोरी र ज्वाइँसमेत शान्तिडाँडा घरमा आएका र दिउँसो पनि झगडा भएपछि गाउँ गएका स्थानीयले बताएका छन् ।

प्रकाशित मिति: जेष्ठ ६ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • १० घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा ल्याइएको अकबरे खुर्सानीमा भेटियो अत्याधिक मात्रामा विषादी

    धरानः धरान भित्रिएको अकबरे (डल्ले) खुर्सानीमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । धरान–१३ स्थित कृषि बजारमा भित्रिएको अकबरे खुर्सानीमा विषादी भेटिएको हो । भोजपुरका किसानबाट...

    • १३ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १४ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १४ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १७ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend