Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

खोइ गाउँ-गाउँमा सिहदरबार ?

हाम्रो कोशी आवाज
जेष्ठ ७ २०७७, बुधबार
खोइ गाउँ-गाउँमा सिहदरबार ?

ताप्लेजुङः ताप्लेजुङको सदरमुकाम फुङलिङमा सोम लिम्बू निकै हतारिएर फाइलमा काजजात मिलाउँदै थिए । झट्ट हेर्दा कुनै सरकारी तथा कुनै संस्थामा रोजगारीको आवेदन दिन हतारिएको जस्तो देखिन्थ्यो । तर, लिम्बू कुनैपनि रोजगारीका लागि आवेदन दिन हिँडेका चाहिँ होइनन् उनी त योजनाको रकम निकासा गर्न मिक्वाखोला गाउँपालिकाको सम्पर्क कार्यालय फुङलिङ नगरपालिका ७ नम्बर वडामा रहेको कार्यालयमा गएका हुन् ।
सदरमुकाम आएको तीनदिन भइसकेको थियो । आज पनि काम नहोला कि भन्ने चिन्तामा थिए उनी । उनी होटलमै बास बसेको र उनका आफन्तहरू पनि बजारमा बस्छन् तर लिम्बूको मन आफन्तको कोठामा गएर बस्न मान्दैन । यस्तो लकडाउनको समयमा बजारमा बस्नेलाई खान लगाउनको समस्या हुन्छ भन्ने बुझेर आफू होटलमै बसेको उनले बताए ।
मिक्वाखोला गाउँपालिकाको सम्पर्क कार्यालय रहेको फुङलिङ नगरपलिका ७ नम्बर वडा पुगेर हतार–हतारमा कार्यालयमा भौतारिँदै योजना शाखामा प्रवेश गर्छन् । त्यहाँ काम सकेपछि कार्यकारी अधिकृत कहाँ पुग्छन्, त्यहाँबाट काम सम्पन्न भएपछि लेखा शाखामा पुगेर तीन लाख रूपैयाँको चेक लिएर निकै हतारिँदै लामो–लामो पाइला चाल्दै अगाडि बढ्छन् । उनलाई चेक साटेर घर पुग्नु थियो । लिम्बूको घर पुग्न ५ घण्टा हिँड्नुपर्छ । लिम्बूको मनले चेक साटिदैन होला भन्ने मनले सताइरह्यो । समय २ः३० भइसकेको थियो । लकडानको कारणले बैकहरु कतिखेर खुल्छन्, कतिखेर बन्द हुन्छन् टुङ्गो थिएन ।

उनी फुङलिङ नगरपालिका ४ मा रहेको सेन्चुरी बैंकबाट चेक साटेर आफ्नो गाउँपालिका मिक्वाखाला गाउँपालिका २ खोक्लिङ गाउँतिर लाग्छन् । सोम मात्र होइन आधिकांस मिक्वाखोला गाउँपालिका बासिन्दाहरू आफ्नो पालिकाको योजना सम्झौता, रकम निकासा, सिफारिस जस्ता विभिन्न कामका लागि ताप्लेजुङको सदरमुकाम पुग्नैपर्ने बाध्यता खेपिरहेका छन् ।
गाउँ–गाउँमा सिहदरबार भन्ने उद्देश्यले संघीय संरचनाअनुसार ताप्लेजुङ जिल्लामा नै वटा संवैधानिक अधिकार सम्पन्न स्थानीय सरकार छन् । एक नगरपालिका र आठ वटा गाउँपालिका छ । अरू सबै आफ्नै भवन नभएपनि आफ्नै पालिको केन्द्रबाट कार्य सम्पादन भइरहेको छ । आफ्नै केन्द्रबाट कार्य सम्पादन भइरहेको केन्द्रमाहरूमा बैंकहरूको शाखा पुगिसकेको छ । आर्थिक कारोकार गर्न सुदरमुकाम धाउन बाध्यता हटेको छ । तर मिक्वाखोला गाउँपालिका केन्द्र थल्लङ हो अरु पालिकाको जस्तो अहिलेसम्म भएको छैन । यस पालिकाको केन्द्र थलङबाट कार्य सम्पादन हुँदैन, सदरमुकाम नै पुग्नुपर्छ । वित्तिय पहुँच पुरयाउनको लागि नेपाल राष्ट्रिय बैंकले सेन्चुरी बैकलाई मिक्वाखोला गाउँपालिकामा शाखा स्थापना गर्न परिपत्र जारी गरेको थियो तर अहिलेसम्म स्थानीय निर्वाचन सम्पन्न भएर जनप्रतिनिधिले कार्य भार सम्हालेको पनि ३ वर्ष पूरा भइसेको छ ।
तीन वर्ष भएपनि आफ्नै पालिकाको केन्द्रबाट कार्य सम्पादन गर्न सक्यो त ? न त बैंकले पालिका केन्द्रमा आफ्नो शाखा स्थापन गरयो ? यो दुवै अहिले ताप्लेजुङको सदरमुकामबाटै सञ्चालन भइरहेको छ । ताप्लेजुङको सदरमुकाम फुङलिङबाट पैदल यात्रामा करिब ७ घण्डा लाग्छ थलङ पुग्न तर अहिले यस पालिका केन्द्रमा अहिले सडक सञ्जालले जोडेको छ । आवश्यक भौतिक संरचना पनि तयार भइरहेको छ तर पनि केही सेवा लिन सदरमुकामै जानुपर्नेमा स्थानीय जानप्रतिनिधिहरुको समन्वयको कामजोरी भएको मिक्वाखोला गाउँपालिकाका नेपाल कमनिष्ट पार्टी (नेकपा) पालिका इन्चार्ज चन्द्रकला गुरुङले बताइन् ।
गाउँ–गाउँमा जनसमुदायको सेवा दिनको लागि देश संघीय प्रणालीमा गएकोले सबै सेवा सुविधा गाउँमै उपभोग गर्न पाउनुपर्नेमा कतिपय सेवा सुविधा लिन अझै पनि सदरमुकाम धाउनुपर्ने बाध्यताप्रति आफूलाई समेत दुःख लागेको उनले बताइन् । आफ्नै केन्द्रदेखि सेवा सञ्चालन गर्न जनप्रतिनिधि तथा सरोकारलाहरूसँग आफूलाई सक्दो समन्वय समेत गर्ने उनले बताइन् ।
भौतिक तथा सुरक्षाको समस्याले गर्दा समयमै बैंकले आफ्नो कार्यालय स्थापना गर्न नसकेको र अहिले शाखा स्थापनाको लागि आवश्यक संरचनाहरू पूरा भइसकेको तर लकडाउन खुल्ला भएपछि थलङदेखि नै आर्थिक कारोबार गर्ने सेन्चुरी बैक जिल्ला शाखा ताप्लेजुङका प्रबन्धक जीवन अधिकारीले बताए ।
सुरक्षाको लागि प्रहरी चौकीको लागि जग्गा रजिष्टे«सन भइसकेको र भवन पनि छिट्टै बनाउने र भवन बनुन्जेलसम्म घर भाडामा लिएर सुरक्षाको व्यवस्था गर्ने मिक्वाखोला गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले बताए । भौतिक संरचना तथा सुरक्षाको असहजताले गर्दा सदरमुकाम फुङलिङमा सम्पर्क कार्यालय राखेर जनसमुदायलाई सेवा दिन बाध्य भएको मिक्वाखोला गाउँपालिका अध्यक्ष रामकुमार साँवाले बताए ।
अहिले विकास निर्माण कार्य तथा योजनाको रकम भुक्तानी दिने काम भइरहेको र यस आर्थिक वर्ष सकिएलगतै मिक्वाखोला गाउँपालिकाको केन्द्र थलङबाट सेवा सञ्चालन गर्ने अध्यक्ष साँवाले बताए ।

प्रकाशित मिति: जेष्ठ ७ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • १० घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा ल्याइएको अकबरे खुर्सानीमा भेटियो अत्याधिक मात्रामा विषादी

    धरानः धरान भित्रिएको अकबरे (डल्ले) खुर्सानीमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । धरान–१३ स्थित कृषि बजारमा भित्रिएको अकबरे खुर्सानीमा विषादी भेटिएको हो । भोजपुरका किसानबाट...

    • १३ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १४ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १४ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १७ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend