Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोरोनाको अन्तर्राष्ट्रिय जाँचको माग

हाम्रो कोशी आवाज
जेष्ठ ७ २०७७, बुधबार
कोरोनाको अन्तर्राष्ट्रिय जाँचको माग

धरानः कोभिड-१९ महामारीको विषयमा अन्तर्राष्ट्रिय जाँच हुने भएको छ ।
विश्व स्वास्थ्य संगठनको ७३ औं स्वास्थ्य सभामा कोरोना भाइरसको सुरुवात कहाँ भयो, त्यसको व्यवस्थापन कसरी गरियो जस्ता प्रश्नको विषयमा अन्तर्राष्ट्रिय जाँचका लागि माग गरिएको थियो । जसका लागि सभामा प्रस्ताव पनि प्रस्तुत गरिएकोमा त्यो जाँचका लागि समर्थन गरिएको छ ।
विश्व स्वास्थ्य संगठनको मन्त्री स्तरीय वार्षिक बैठकमा समर्थन भेटेपछि अब कोरोनाको विषयमा अन्तर्राष्ट्रिय जाँच गरिनेछ । यूरोपीय संघका एक सयभन्दा बढी मुलुको तर्फबाट जाँचको लागि प्रस्ताव गरिएको थियो । जसमा अस्ट्रेलिया, चीन र जापान पनि सहभागी थिए । विश्व स्वास्थ्य संगठनका २ सय ९४ मुलुक सदस्य छन् र त्यसमा कुनैपनि मुलुकले त्यसको विरोध गरेनन् ।
यता, विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधोनाम घेब्रिएसिसले महामारी विरुद्ध विश्वभरको प्रतिक्रियाको आँकलन गर्नु आवश्यक रहेको बताएका छन् । उनले संगठन एक्लैले यो काम सम्भवन नभएकाले संगठनले के गरिरहेको छ भन्ने मात्रै आँकलन गर्नु उचित नभएको बताए ।
अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार कोरोना महामारीका कारण विश्वभर संक्रमित हुनेको संख्या ४९ लाख ८६ हजार नाघेको छ । हालसम्म कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ३ लाख २४ हजार नाघेको छ । यस्तै संक्रमित भएकामध्ये झन्डै १९ लाख ५८ हजारभन्दा बढी स्वस्थ भएका छन् ।

प्रकाशित मिति: जेष्ठ ७ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • १० घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १४ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १४ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १७ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ
  • उदयपुरमा माइक्रो र ट्रक ठोक्किँदा १७ जना घाइते

    धरानः माइक्रोबस (हायस) र ट्रक एकआपसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका–७ अँधेरीस्थित सडक–खण्डमा ट्रक र यात्रुबाहक माइक्रो बस (हायस) एक–आपसमा...

    • २ दिन अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend